कैदी फरार भएको घटनामा छानविन समिति गठन « Khabarhub

कैदी फरार भएको घटनामा छानविन समिति गठन


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएको घटनाका सम्बन्धमा छानविन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रामेछापको पिल्पुङ गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागारमा रहेका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा बुधबार सोही अस्पतालबाट फरार भएका थिए । उनी विसं २०७२ देखि २० वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए । 

उक्त घटनापछि नेपाल प्रहरी अनाश्रित गुल्म नख्खुका प्रमुखलाई जिम्मेवारीबाट हटाई कैदीबन्दीको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीलाई पनि निलम्बन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । 

प्रहरी उपरीक्षक राठौरका अनुसार फरार रहेका बुढाथोकीलाई खोजतलासका क्रममा ललितपुरबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिकाको लुभु बसपार्क नजिकबाट हत्कडीसहित पक्राउ गरिएको छ । 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ३ : १९ बजे

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको