इथियोपियामा पुनः हिंसा बढेकोमा राष्ट्रसङ्घका महासचिव स्तब्ध « Khabarhub

इथियोपियामा पुनः हिंसा बढेकोमा राष्ट्रसङ्घका महासचिव स्तब्ध


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले आफ्रिकी मुलुक इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन् ।

उनले भनेका छन्– ‘इथियोपियामा बढेको हिंसाले मलाई निकै दुःखी तुल्याएको छ, म स्तब्ध भएको छु ।’ उनका अनुसार गिरे, अमराह, ओरोमो, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, ती क्षेत्रमा थप हिंसा भड्किएकाले स्तब्ध भएको उनको भनाइ छ ।

उनले विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्ति वार्ताका लागि पनि जोड दिएका छन् । तर वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा यहाँका विद्रोहीहरु नरहेका अधिकारीहरुले जनाएका छन् ।

इथियोपियामा हिंसा गरिरहेका टिगरे पिपुल्स लिबरेसन फन्ट, टिपीएलएफले केही वर्षयतादेखि हिंसा मच्चाइरहेको छ । उनीहरुको सशस्त्र विद्रोहमा परेर कैयौँ नागरिकको ज्यान पनि गएको छ ।

संयुक्त राष्ट्रसङ्घले पटक पटक यहाँ शान्ति स्थापनाका लागि सरकार र टिपिएलएफका बीचमा वार्ता गर्न आग्रह पनि गरिरहेको छ ।

केही दिनयतादेखि यहाँको सरकारले वार्ताका लागि गरेको आग्रहलाई बुधबार सो विद्रोही समूहले अस्वीकृत गरेको छ । उता संयुक्त राष्ट्रसङ्घले भने शान्तिवार्तामा जोड दिँदै आएको छ ।

टिगरेलगायतका यहाँका कतिपय स्थानमा जारी रहेको हिंसाका कारण मानवीय सहायता लिएर गएका सहायताकर्मीलाई पनि सहायता बाँड्न दिएका छैनन् ।

संयुक्त राष्टसंघका कैयौँ कर्मचारी यहाँका विद्रोहीहरुले नियन्त्रणमा लिने र खाद्यान्नलगायतको सहायता सामग्री पनि लुट्ने गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ४ : १२ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा