अल्फाबिटामा नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ? « Khabarhub

बालेनको प्रश्न:

अल्फाबिटामा नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ?


९ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ ।

३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो । तर, नभत्काएको पाइएपछि बिहीबार अपराह्न मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो ।

बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो वैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर मेयर बालेन डोजरसहित अल्फाबिटा पुगे ।  घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो ।

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएर आफूले के बिराएँ भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

अल्फाबिटा कम्प्लेक्सका प्रतिनिधिले नक्सा मागेपछि आफू नक्सासहित पुगेर बनेका अवैध संरचना भत्काएको भन्दै बालेनले भने, ‘ उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?

अवैध संरचना भत्काउन सबैलाई आग्रह गरेका बालेनले लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैँ बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइ दिनुहोला ।’

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ४ : ४७ बजे

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो