मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँको रानीबारीबाट मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चोरी भएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी नयाँ नम्बर राखेर चलाउँदै आएका अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ लामाले मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६६९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२–०३१ प ५८७ नम्बर राखी चलाएको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको हो ।

उक्त मोटरसाइकल धादिङ सल्यानटारका दीपेन्द्र दाहालको भएको प्रवक्ता भट्टले बताए । पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : ०४ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा