उइगुरमाथि जारी ज्यादतीविरुद्ध राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन « Khabarhub

उइगुरमाथि जारी ज्यादतीविरुद्ध राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको स्वशासित क्षेत्र सिन्जियाङमा उइगुर मुसलमानविरुद्ध जारी ज्यादतीविरुद्ध संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शनको आयोजना गरिएको छ ।

निर्वासनमा रहेको पूर्वी तुर्केस्तान सरकार, पूर्वी तुर्केस्तान राष्ट्रिय जागरण अभियान र स्वतन्त्र कजाख संस्थाको आयोजनामा राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शनको आयोजना गरिएको हो ।

प्रदर्शनकारीले उइगुर अल्पसङ्ख्यकविरुद्ध चीनले जारी राखेको आम नरसंहारको विवरण सार्वजनिक गर्न राष्ट्रसंघसमक्ष माग गरेका थिए ।

चीनले उइगुर मुसलमानमाथी जारी राखेको दमनबारे विवरण सार्वजनिक नगर्न राष्ट्रसंघीय मानवअधिकार प्रमुख मिशेल बाचलेटमाथि दबाब दिएको समाचार सार्वजनिक भएसँगै राष्ट्रसंघको मुख्यालयअगाडि प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सिन्जियाङ क्षेत्रमा बसोबास गर्ने दशौँ लाख उइगुर, कजाख, किर्गिजजस्ता तुर्केली जातीका मानिसहरुलाई चीनले बन्दी शिविरमा राख्दै आएको बताइन्छ । यसबाहेक त्यहाँ बलात्कार, हिंसा, हत्या, जबरजस्ती बन्ध्याकरणजस्ता घटना पनि हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : ५२ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा