आजको मौसम : देशका थोरै स्थानमा ठूलो पानी पर्ने « Khabarhub

आजको मौसम : देशका थोरै स्थानमा ठूलो पानी पर्ने


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज दिउँसो देशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेको पूर्वानुमान छ।

आइतबार दिउँसो देशका थोरै स्थानमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन्। गएरातिदेखि नै ठूलो पानी पार्ने प्रणाली सक्रिय भएकाले विशेषगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्नेछ। त्यसैगरी कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्नेे मौसमविद्ले बताएका हुन्।

मौसमविद् हिरा भट्राईले ठूलो पानी पर्ने भएकाले भू-क्षय र पहिरोको जोखिम बढ्ने बताए। उनका अनुसार ठूलो पानी पार्ने प्रणाली आइतबार राति नै कमजोर हुने देखिन्छ। मनसुन बाँकी नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने भइरहने उनको भनाइ छ।

शनिबार राति देशका विभिन्न ठाउँमा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाले झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई गैडे लगायत झापा इलामको सीमा क्षेत्रमा भारी वर्षा भएको सचेत हुन आग्रह गरेको हो।

वर्षा थप हुने देखिएकाले मेची, विरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवा खोला आसपास बाढी आउन सक्ने भन्दै सतर्क रहन अनुरोध गरिएको छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : ३३ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा