'रक्सीको रसायनले बिस्तारै मस्तिष्कलाई असर गर्छ' | Khabarhub Khabarhub

‘रक्सीको रसायनले बिस्तारै मस्तिष्कलाई असर गर्छ’


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय चाडपर्वमा धेरैले रक्सी पिउने गर्छन् । गाउँघरमा स्थानीय उत्पादनको रक्सी पिउने भए पनि बजारमा भने महँगो ब्राण्डको रक्सी खानेको संख्या बढ्दो छ । नेपाली समाजमा रक्सी खाएर एक अर्कासँग रमाइलो गर्ने भए पनि कोही कसैले अत्यधिक रक्सी पिउँदा दुर्घटना हुने गरेका छन् । चाडपर्व नजिकै आउँदा रक्सी पिउँदा हुने हानी र नोक्सानीका विषयमा स्नायु रोग विशेषज्ञ डा.चन्द्रमान प्रजापतिसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

पछिल्लो समय मानिसहरू आनन्द हुन्छ भनेर मदिरा सेवन गर्ने गरेका छन् । मदिरा र आनन्द वा मस्तिष्क र स्नायु प्रणालीबीच कस्तो सम्बन्ध छ ?
पिउने मदिरालाई हामी ‘इथाइल अल्कोहल’ भन्छौँ । यो मान्छेको विकाससँगै सुरु भएको अनुमान गरिन्छ । त्यसमा रसायन प्राप्त हुन्छ, धान चामल कुहिदा अल्कोहल आउँछ । यो हाम्रो शरीरको विभिन्न भागमा जान्छ र ब्रेनमा पनि जान्छ । स्नायु सञ्चालन हुन ब्रेनका विभिन्न भागहरू हुन्छन् । ब्रेनले काम गर्ने विभिन्न लेबलहरू हुन्छन् । एउटा ब्रेनले गरेको कामको कोअर्डिनेशन अर्कोले कसरी गर्छ र सुचना कसरी गर्छ त भनेर यिनीहरूले आफ्नो काम गरिरहँदा जस्तोः मान्छे जिउँदै छ, चेतना दिएको जस्तो कामहरू गर्छन् । त्यो काम गरेको सुचना एक आपसमा बाँड्ने भनेको हामीले एम्ससम्स भन्छौँ । त्यो भनेको शरीरको मसिना सेलहरूको एक प्रकारका पाटहरू हुन्छ । त्यसमा केमिकलहरू ट्रान्सफर हुन्छ र त्यहाँ न्युरो ट्रान्समिसन सेलहरु बन्छन् । त्यसलाई मदिराले भिन्न बनाई दिन्छ र यसले गर्दा कम डोजमा मदिरा सेवन गर्दा कुनै सेन्टरलाई रोक्दिन्छ । मानिसलाई भित्र ब्रेनमा भएको कुराहरू, बिचारहरू लुकाएका हुन्छन् । कसैलाई पोख्न नसकेका हुन्छन् । त्यसलाई इनिबिसन हुँदा त्यो कुराहरू दबाएर राख्ने सेन्टहरूलाई खोल्दिन्छन् र मानिसले आफ्नो बिचार बाहिर पोख्छन् । जब डोज हाम्रो शरीरमा बढ्यो भने नराम्रो असर जस्तो हामीले केही काम गर्न खोज्छौँ, त्यो गर्न सक्दैनौँ ।

रक्सी पिएका कत्तिलाई धेरै गाह्रो हुने हुन्छ भनिन्छ, कसैलाई कम गार्हाे हुने भन्ने सुनिन्छ यो व्यक्ति अनुसार फरक पर्ने हो ?
हामीले पहिलादेखि नै सेवन गर्ने र प्रयोग गर्ने गरेको पाइएको छ । हाम्रो सामाजिक संरचना जसरी बनेको छ । त्यही अनुसार संस्कृतिले अगाडि ल्याएको छ । मान्छेलाई यो कसरी कन्ट्रोल गर्ने भनेर नै संस्कृतिहरूले गरेको छ । ब्रेन सेल्सहरुले काम गर्दा धेरै काम गरेका हुन्छन् । कुनैले डर लाग्ने ठाउँ रोक्ने हुन्छ । कुनैले खुसी बनाउने हुन्छन् । त्यसैले यो अल्कोहल सेवन गर्दा कसैलाई डर लाग्ने कसैलाई खुसी हुने भएको हो ।

अल्कोहल पिउँदा स्नायु प्रणालीमा कस्तो असर गर्दछ ?
कुनै पिउन साथ देखिने असर हो । यो डोजले यो काम गर्दिन भनेर बस्दा त्यो गर्ने हुन्छन् । नयाँ व्यक्तित्वहरू हुन्छन् । हाई डोजले कोअर्डिनेसनको कामहरूमा असर पर्न थाल्छ । श्वासप्रश्वासमा नै समस्या हुन्छ । धेरै भने छारे रोग लाग्ने र अन्तिममा मृत्यु हुने पनि हुन्छ ।

कति खाँदा ठिक हुने र कति खादा असर गर्ने व्यक्ति अनुसार फरक हुन्छ कि ?
कहिल्यै नखाने व्यक्तिहरूलाई त थोरैले पनि असर गर्दछ । लामो समयसम्म पिइरहेका व्यक्तिहरूमा हामी मेडिकल भाषामा टलरिङस भन्छौँ । अलि बढी नै डोज खायो भने केही असर आउने हुन्छ । कति डोजले असर गर्ने भन्दा बेलायततिर वन ड्रिक भन्छन् । त्यसलाई वैज्ञानिकहरूले शरीरमा कति अल्कोहलको मात्र छ, पत्ता लगाउँछन् । जस्तो २५ एमजि हुँदा थोरै हुने ५० मा पुग्दा खुसी हुने १०० हुँदा तालमेल नहुने, १५० मा पुगे पछि आँखा कम देख्ने र २५० पुगेपछि कोमामा नै पुग्ने हुन्छ । बियरको एक बोतल खादा २ युनिट भन्छौँ, ६५ प्रतिशत अल्कोहल भएको स्प्रीड खादा १ युनिट भनिन्छ । वाइनको एक गिलास खाँदा २ युनिट भन्छन् ।

पुरुषको तुलनामा महिलामा यसको प्रभाव छिटो देखिने हो ?
हाम्रो शरीरको बनावटमा भर पर्दछ । पुरुषको शरीर महिलाको भन्दा ठुलो छ, त्यति डोजले नै भिन्नता धेरै हुन्छ । र महिलामा छिटो प्रभाव देखिन्छ ।

चाडपर्व भनेर जति पनि पिउँदा स्नायु प्रणालीमा कस्तो असर गर्दछ ?
पिउनासाथ देखिने असर हुन्छ । यसले ब्रेनको कामलाई धमिलो बनाउँदै लान्छ । स्नायुसँगै अरु अङ्ग प्रत्याङ्गसँग जोडिएर आउने । अहिलेको अध्ययनहरूले हिसाब गर्दा यो अल्कोहलले मृत्यु हुनेको संख्या हेर्दा २०१६ मा ५.३ प्रतिशत भएको रहेछ । त्यसमा २८ प्रतिशत सडक दुर्घटनाका कारणले भएको रहेछ । अरु फोक्सोको क्यान्सर भएर मिर्गौला बिग्रिएर हुन्छ । मादक पर्दाथ सेवन गरेर रोक्छु भनेर नसोच्दा हुन्छ । किनकि त्यो त शरीरले पनि दिँदैन एक्युकमा यो भनेर ट्रोनिकमा स–नासाना रेसा नशाहरू लाई ड्यामेज गराउँछ । अन्त्यमा गएर ब्रेन सेल्सहरू सुक्दै जान्छ र बिर्सने रोग आउँछ ।

बियरको सट्टामा वाइन राम्रो हो त ?
म्याड्रिड ड्रिङकिङ गर्दा मुटुमा राम्रो हुन्छ भन्ने निस्किएको थियो । तर त्यसले फोक्सोमा पेटमा क्यान्सर हुने हुन्छ । सडक दुर्घटनाको चान्स पनि धेरै हुन्छ । त्यसैले खाने नखाने आफैले बुझ्नु पर्दछ ।

अत्यधिक मदिरा पिउँदा आँखाको दृष्टि नै गुम्छ ?
यो बिक्री गर्ने मान्छेमा भर पर्दछ । रक्सी खान जानु भयो । रक्सी भनेको इथाईल अल्कोहल हो । यो जस्तै अर्को पनि हुन्छ । यिनीहरूको बनोट कार्बन हाईड्रोजनको मात्रामा फरक छ । टक्सिक अल्कोहल भन्ने हुन्छ । मिथानोल एक विषाक्त रक्सी हो । यो ज्यान लिने रक्सी पनि हुन्छ । यसले आखाको नशा नै नै बिगार्छ । न्याुरोप्याथीले गर्दा असर पर्दछ ।

यो मदिराको सेवनले मस्तिष्क पक्षघात हुने सम्भावना कति छ ?
मस्तिष्क पक्षाघात भन्नाले स्ट्रोक दुई प्रकारको हुन्छ । इस्केमिक स्ट्रोक र हेमोरेजिक स्ट्रोक । इस्केमिक भनेको ब्रेनमा जाने रगत नलीहरू आफ्से आफ सानो भएर बन्द हुँदै जाने र ब्रेनले काम गर्न छोड्ने हो । हेमोरेजिक भनेको टाउकोमा जाने मसिना रगत नलीहरू आफै फुटेर रगत बग्ने र ब्रेन ड्यामेज भएर त्यो भागले काम नगर्ने । इस्केमिकमा यसको सम्बन्ध देखिएको छैन । तर हेमोरेजिक रक्सी बढी खाने मान्छेहरूमा यो देखिएको अध्ययनहरूले देखाएको छ ।

अन्तिममा के सन्देश दिन चाहनु हुन्छ ?
मदिराले लत बढाउँदै जान्छ । सकेसम्म नखानुहोस् । खानै परे घरमा बसेर थोरै मात्रा नै खाएर सन्तुष्ट हुनुहोस् । अनि बिस्तारै छाड्नुहोस् ।[प्रस्तुती : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १ : १९ बजे

उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छन् : प्रचण्ड

भजनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम 

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या

आजका समाचार : सांसदलाई एमाले-कांग्रेसको ह्विप, अड्कियो भूमिसम्बन्धी अध्यादेश र युक्रेनको सैन्य सहयोग रोक्दै ट्रम्प

अध्यादेश पेश हुने भएपछि सांसदहरूलाई एमालेको पनि ह्विपप्रमुख सत्तारूढ नेकपा

फेवातालमा फसेका तीन जनाको सकुशल उद्धार 

पोखरा– सशस्त्र प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका–६ बाट हावाहुरीमा फसेका

राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद