बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. प्रदेशसभा सिट बाँडफाँडमा जुट्दै गठबन्धन 
सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको कार्यदल आजदेखि प्रदेशसभा तर्फको सिट बाँडफाँटमा जुट्ने भएको छ । प्रदेशसभा तर्फको सिट बाँडफाँटमा छलफल गर्न कार्यदलको बैठक अहिले केहिबेरमा बालुवाटारमा बस्ने गरी बोलाइएको छ । गठबन्धनमा प्रतिनिधिसभाकै सिट बाँडफाँटको अन्तिम टुंगो लागिसकेको छैन । गठबन्धनका नेताहरूले १ सय ६५ सिटमा ८० प्रतिशत टुंगो लागिसकेको र बाँकी क्षेत्रमा केही दिनभित्र टुंगो लाग्ने बताएका छन् ।

२. राष्ट्रपतिविरुद्धको मुद्दाको सुनुवाइ आज हुने
नागरिकता विधेयक सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँच वटा मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो । अस्ति शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो ।

३. निर्वाचन खर्चको सीमा बढाउने आयोगको तयारी
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको छ । छलफलका लागि आयोगले आज दलहरूसँग छलफल गर्दैछ । छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई आयोगले आज बिहान ११ बजे छलफलका लागि बोलाएको छ । आजको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा पनि छलफल हुनेछ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज आचारसंहितामा दलहरूको प्रतिबद्धता लिइने जानकारी दिए।

४. सम्पदा मार्ग निर्माणको शिलान्यास
हनुमानढोका–स्वयम्भू सम्पदा मार्ग निर्माणको आज शिलान्यास गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले  सम्पदा मार्गको शिलान्यास गरेका गर्नुभएको हो । हनुमानढोका र स्वयम्भू दुवै विश्व सम्पदा सूचीमा सूचीकृत छन् । यी दुईलाई जोड्ने २ किलोमिटर सडक निर्माणसँगै सडक क्षेत्रमा पर्ने सत्तल र मौलिक घरहरू पनि निर्माण तथा पुनर्निर्माण गर्ने योजना छ ।

५. मध्यम तथा लामो दुरीमा चल्ने सवारीको अनिवार्य यान्त्रिक परीक्षण गर्नुपर्ने
आजदेखि मध्यम तथा लामो दुरीमा चल्ने सवारी साधनको यान्त्रिक परीक्षण गरिने भएको छ । पुराना तथा थोत्रा गाडीका कारण दुर्घटना बढेको भन्दै सरकारले चाडबाडमा दुर्घटना नियन्त्रण गर्न यस्तो व्यवस्था गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यातायात व्यवस्था विभागबाट आजदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा काठमाडौं उपत्यकाका मुख्य–मुख्य स्थानमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइने बताए।

६. अनिवार्य सिसी क्यामेरा जडान गर्न निर्देशन
काठमाडौँको नयाँ बसपार्क क्षेत्रका होटेलमा अनिवार्य सिसी क्यामेरा जडान निर्देशन दिइएको छ । नेपाली होटेल व्यवसायी संघले होटेल क्षेत्रको सुरक्षा र आपराधिक क्रियाकलाप रोक्न अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो । संघका अध्यक्ष गणेश ढकालले संघभित्र आबद्ध होटेलहरूको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारे जानकारी दिँदै सबै होटेललाई अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिइएको बताए । यस्तै वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटेललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ ।

७. सवारी दुर्घटनामा ३ जनाको मृत्यु 
काठमाडौं, दाङ र कैलालीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। काठमाडौँको बसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालक को मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट ३ घर भइ प्रहरी वृत्त महाराजगन्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री दाङकै दंगिशरण गाउँपालिका ४ वैवाङका ५९ वर्षीय शालिकराम वलीको मृत्यु भएको छ । त्यस्तै कैलालीको टिकापुर नगरपालिका २ कोठारपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री स्थानीय ७० वर्षीय भोकारी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

८. हत्यामा संलग्न ९ जना पक्राउ
इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर एवा, नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ र परशु राईलाई पक्राउपछि सार्वजनिक गरेको हो ।

९. अत्यावश्यक सामग्री व्यवस्थापन गर्ने उच्च अधिकारी बर्खास्त 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा रुसी सैनिकका लागि अत्यावश्यक सामग्री व्यवस्थापनको जिम्मेवारी पाएका उपरक्षामन्त्रीलाई बर्खास्त गरेका छन् । युक्रेनमा युद्धरत रुसी सैनिकका लागि खाद्यान्नसहित अत्यावश्यक सामग्रीको उचित व्यवस्थापन गर्न नसकेको भन्दै पुटिनले जनरल दिमित्री बुल्गाकोभलाई बर्खास्त गरेका हुन् । ६७ वर्षका बुल्गाकोभलाई बर्खास्त गरिएको रुसको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल टेलिग्राममार्फत् जानकारी दिएको हो।

१०. नेपालले आज माल्दिभ्सको सामना गर्दै
साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज पहिलो खेलमा आयोजक माल्दिभ्सको सामना गर्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल राति ८ः१५ बजे सुरु हुनेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । ४ राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : ३९ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश