डेंगु महामारीको प्रभावकारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ : नेता सिंह  « Khabarhub

डेंगु महामारीको प्रभावकारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ : नेता सिंह 


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले मुलुकमा डेंगु महामारीको रूपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् ।

आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

नेता सिंहले जनस्तरमा अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगु नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह गरेका छन् ।

बिरामीले सिटामोल पनि भनेको समयमा पाइँदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर बन्न पनि उनले अपिल गरेका थिए । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनले आग्रह गरेका छन् ।

फरक प्रसङ्गमा बोल्दै उनले मुलुकमा संकटको निकासको लागि कांग्रेसले अवसर पाउँदा जिम्मेवारी बहन गरेको बताए ।

अवसर पाउँदा कुन दलले के गरेको छ, त्यसको लेखाजोखा जनताले राख्नु पर्ने उनले जनाए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ११ : १४ बजे

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार