होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ « Khabarhub

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार प्रहार हुँदा प्यूठानका २२ वर्षीय युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्यूठानको स्वर्गद्वारी नगरपालिका–वेल्बासमा जन्मिएका तथा हाल दाङको घोराही उपमहानगरपालिका–१७ बस्दै आएका बसन्त कालाथोकी रहेका छन् । उनी शंखमुलस्थित उक्त होस्टलमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार होस्टलमै बस्ने शेखर यादव र प्रमित पटेलले कालाथोकीमाथि कुटपिट गरी धारिलो हतियार प्रहार गरेका थिए। घटनामा टाउको र घाँटीमा गम्भीर चोट लागेका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो ।

तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपित पटेल भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ८ : २१ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर