माओवादी केन्द्र धनकुटाद्वारा सामूहिक राजीनामा « Khabarhub

माओवादी केन्द्र धनकुटाद्वारा सामूहिक राजीनामा


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्र धनकुटाको सिंगो जिल्ला समन्वय समितिले सामूहिक राजीनामा दिएको छ ।

केन्द्रमा आबद्ध सबै पोलिट ब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जन वर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीका कटिबद्ध नेतालाई बहिस्कार गर्न खोजेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । धनकुटामा नेपाली कांग्रेसले सुनिल थापालाई अघि सारेको छ ।

बैठकले आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने जनाधार भएका हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवारको रुपमा समर्थन गर्ने पनि निर्णय गरेको छ । उनी माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य पनि थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ३८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले