माओवादी केन्द्र धनकुटाद्वारा सामूहिक राजीनामा « Khabarhub

माओवादी केन्द्र धनकुटाद्वारा सामूहिक राजीनामा


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्र धनकुटाको सिंगो जिल्ला समन्वय समितिले सामूहिक राजीनामा दिएको छ ।

केन्द्रमा आबद्ध सबै पोलिट ब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जन वर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीका कटिबद्ध नेतालाई बहिस्कार गर्न खोजेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । धनकुटामा नेपाली कांग्रेसले सुनिल थापालाई अघि सारेको छ ।

बैठकले आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने जनाधार भएका हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवारको रुपमा समर्थन गर्ने पनि निर्णय गरेको छ । उनी माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य पनि थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ३८ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र