आज खण्डग्रास सूर्यग्रहण « Khabarhub

आज खण्डग्रास सूर्यग्रहण


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ। मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए।

‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ। कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ। पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुदैन,’ उनले भने।

दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट मात्र लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिएका उनले सूर्यास्तसँगै ग्रमण सकिए पनि दोष भने साँझ ७ः३० बजेसम्म रहने बताए। नेपालमा ४ बजेर ५२ मिनेटमा सकिने ग्रहण अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ।

सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए।

उनका अनुसार १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्नेछ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका साधना गरेमा शुभ हुने धार्मिक विश्वास छ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ११ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली