यमपञ्चकको चौथो दिन : गाई पूजा गरियो | Khabarhub Khabarhub

यमपञ्चकको चौथो दिन : गाई पूजा गरियो


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिकै विधि हो। हाम्रो समाजमा गाईलाई माताका रूपमा पूजिन्छ। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिएको हो।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा प्राप्त गर्ने भएकाले दूध पोषिलो हुनाका साथै गहुँत र गोबरबाट पनि पनि शक्ति प्राप्त हुने भएकाले गाईको महत्वबारे आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ। यसैकारण गाईलाई राष्ट्रिय जनावरका रूपमा पनि सम्मान गरिन्छ।

गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षावन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ। यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधिएको हो।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १२ : २६ बजे

‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट  सम्पन्न

काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले विश्वभरका नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत

सामाजिक सञ्जाल दर्ता गरेर मात्र चलाउन सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जाल दर्ता गरेर मात्र चलाउन

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– प्रभु बैंक लिमिटेडको संस्थापक शेयधनीको नाममा रहेको संस्थापक शेयर

तरूणको महाधिवेशन तालिका निर्धारण, भदौ १५ भित्र सदस्यता वितरण गरिसक्नुपर्ने

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले पाँचौँ महाधिवेशनका

जेलेन्स्कीलाई युरोपेली नेताहरूको साथ, ट्रम्पले भने– किभले चाहेमा तत्कालै युद्ध अन्त्य गर्न सक्छु

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई शान्ति सम्झौताका लागि क्राइमिया