सैनिक शिविरमा हमला : दश सैनिक र अठार आतङ्ककारी मारिए « Khabarhub

सैनिक शिविरमा हमला : दश सैनिक र अठार आतङ्ककारी मारिए


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ओउगादुगु – बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । सो आक्रमणबाट अरु केही सैनिक घाइते पनि भएका छन् । बुर्किनाफासोको दिजीबोमा रहेका यहाँको राष्ट्रिय सेनाको शिविरमा सो हमला भएको थियो । उत्तरी बुर्किनाफासोको सो सैनिक शिविरमा सोमबार आतङ्ककारीहरुले हमला गरेका सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहाँको सेनाले प्रकाशन गरेको सो विज्ञप्तिमा सोमबार ठूलो सङ्ख्याका आतङ्ककारीहरु आएर सो शिविरमा हमला गरेका थिए । सो हमलामा परेर यहाँका ५० जना सैनिक पनि घाइते भएका बताइएको छ ।

सो विज्ञप्तिमा आतङ्ककारीहरु पनि मारिएको बताइएको छ । सो शिविरमा भएको हमलामा परेर मारिएका १८ जना सेनाको शव भेटिएको बताइएको छ । सैनिकले गरेको प्रतिकारका क्रममा अरु कैयौँ आतङ्ककारी पनि घाइते भएका बताइएको छ । बुर्किनाफासोमा सन् २०१५ देखि शान्ति सुरक्षाको अवस्था खस्किँदो छ ।

यहाँ आतंककारीहरुले यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने क्रम जारी नै छ । यसबाट सुरक्षाकर्मी तथा सर्वसाधारण नागरिकको ज्यान जाने क्रम झनै बढेको छ । यो अफ्रिकी देशमा सुरु भएको यस हिंसामा परेर अरु हजारौँ मानिस विस्थापित भएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १२ : ५६ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या