दमौलीमा कस्मेटिक पसलमा आगलागी « Khabarhub

दमौलीमा कस्मेटिक पसलमा आगलागी


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको सदरमुकाम दमौली न्युरोडस्थित न्यान्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी भएको छ । व्यास नगरपालिका–१ भादगाउँ निवासी मनिषा कुमालले सञ्चालन गरेको उक्त पसलमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।

उक्त पसल केही महिनाअघि ६३ लाखमा खरिद गरेको पसल सञ्चालक कुमालले जानकारी दिए । पसल किनेपछि पनि सामान थप गरिएकाले करिब ७० लाखको क्षति भएको उनको दाबी छ । 

आगलागीका कारण कस्मेटिकका सामान तथा टाँसीलगायतका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ । दमकल आउन ढिलाइ भएकाले बढी क्षति हुन गएको घटनास्थलमा सहभागीले बताएका थिए । स्थानीयवासी, नेपाल प्रहरी, नगरप्रहरीसहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । 

आगलागीका कारण कति क्षति भयो भन्नेबारे पीडित व्यक्तिले प्रहरीमा कुनै जाहेरी नदिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : ३४ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या