साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने « Khabarhub

साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए ।

‘पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिनेछ,’ उनले भने, ‘मूर्ति निर्माणको काम भारतमै हुने र त्यहाँबाट ल्याएर स्थापना गरिनेछ ।’ फेवातालबाट अवलोकन गर्न सकिने  जमिनभन्दा ६० फिट अग्लो उक्त  मूर्ति अन्नपूर्ण केबुलकारको माथिल्लो स्टेसन पुगेर पनि दर्शन गर्न  सकिनेछ ।

करिब रु दुई अर्बको  लगानीमा निर्माण भइ सञ्चालनमा आएको अन्नपूर्ण केबुलकार कम्पनीले नै पर्यटक आकर्षित गर्नका लागि मूर्ति स्थापना गर्न लागेको हो । उक्त मूर्ति स्थापना हुने स्थानमा यसअघि कैलाशेश्वरी महादेवको मन्दिर स्थापना भइसकेको छ । केबुलकार सञ्चालनमा आइसकेपछि यात्रुहरूले फेवातालदेखि साराङकोटसम्मको यात्रा नौ मिनेटमै गर्न पाएका छन् ।

कम्पनीले साराङकोटबाट सूर्योदय र सूर्यास्त हेर्न चाहनेहरूका लागि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म केबुलकार सञ्चालन गर्दै आएको छ । हाल कम्पनीले औसतमा आठ जनालाई सेवा दिइरहेकामा  ५० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक रहेको कम्पनीको भनाइ छ । 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : ५८ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,