बंगलादेशलाई ४० देखि ५० मेगावाट विद्युत आपूर्ति गर्न तयार छौँ : राजदूत भण्डारी « Khabarhub

बंगलादेशलाई ४० देखि ५० मेगावाट विद्युत आपूर्ति गर्न तयार छौँ : राजदूत भण्डारी


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशका लागि नवनियुक्त नेपाली राजदूत घनश्याम भण्डारीले नेपालले बंगलादेशलाई ४० देखि ५० मेगावाट विद्युत आपूर्ति गर्न तयार रहेको जनाएका छन् ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँगको भेटवार्ताका क्रममा राजदूत भण्डारीले नेपालले बंगलादेशलाई ४० देखि ५० मेगावाट विद्युत आपूर्ति गर्न तयार रहेको जनाएका हुन् । नेपालमा जलविद्युत परियोजनाको निर्माण कार्य सम्पन्न भएसँगै उक्त परिमाण बढ्न सक्ने उनको भनाइ छ ।

राजदूत भण्डारीले बंगलादेशको बंगालबन्धु बन्दरगाह प्रयोगबारे पनि इच्छा प्रकट गरेको बंगलादेशी प्रधानमन्त्री कार्यालय गणभवनका प्रवक्ता एहसानुल करिमलाई उद्धृत गर्दै बंगलादेशबाट प्रकाशित हुने प्रोथोम आलोको अनलाइन संस्करणले जनाएको छ ।

राजदूत भण्डारीले नेपाल बंगलादेशसँग द्विपक्षीय सम्बन्ध अझ सुदृढ गर्न समेत तयार रहेको जनाएका छन् ।

जवाफमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले नवनियुक्त राजदूत भण्डारीलाई बधाई दिँदै सन् १९७१ को बंगलादेशी स्वतन्त्रता सङ्ग्राममा नेपालले आफ्नो मुलुकलाई गरेको सहयोगको पनि स्मरण गरेको प्रोथोम आलोले जनाएको छ ।

प्रधानमन्त्री हसिनाले दुई मुलुकबीच व्यापारलाई अझ सुदृढ गर्नुपर्नेमा समेत जोड दिएकी छिन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ५ : १८ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र