नवौँ राष्ट्रिय खेलकुदले थप्यो उत्साह « Khabarhub

नवौँ राष्ट्रिय खेलकुदले थप्यो उत्साह


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कुश्मा– कुनै समय सदरमुकाम कुश्मा बजारमा फराकिलो खेलमैदान थियो । हरेक हप्ता  विभिन्न खेलकुद प्रतियोगिता भइरहन्थे । सदरमुकाम कुश्माका युवा साँझबिहान खेल मैदानमा भेटिन्थे । उनीहरूको खेलकुदमा बेग्लै उत्साह र लगाव पनि थियो । 

तर माओवादी द्वन्द्वकालमा कुश्माको बडगाउँ खेलकुद मैदानको जिम्मा सशस्त्र प्रहरीले लियो । खेलमा भविष्य खोज्दै गरेका युवा खेल खेल्नबाट बञ्चित भए । खेलमैदान नहुँदा लामो समयसम्म यस क्षेत्रमा खेलकुदका गतिविधि ठप्प रहे । आज पनि सदरमुकाम कुश्मामा राम्रो खेल मैदान बन्न सकेको छैन । विसं २०५८ मा बडगाउँ खेलमैदानमा सशस्त्र प्रहरी बसेपछि पर्वतको खेलले गति लिन छाडेको खेलप्रेमीहरुको गुनासो छ । 

‘मापदण्ड अनुसारको खेलमैदान नहुँदा एन्फाले दिने सेवा तथा सुविधाबाट फुटबल खेल र खेलाडी बञ्चित भएका छन्’, पूर्व फुटबल खेलाडी राजन गुरुङले भने, ‘पहिले हप्तैपिच्छे प्रतियोगिता भइरहन्थ्यो । तर अहिले त्यो हुन छाडेको छ ।’ गुरुङसँग क्षेत्रीय तथा राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भएका अनुभव छ ।

‘२०५४ तिर बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भएको थियो, मैले गोल्डमेडल जितेको थिएँ’, ४५ वर्षे खेलाडी नरेश श्रेष्ठले भने, ‘अन्य जिल्लामा पनि पर्वतका खेलाडीको सम्मान थियो तर खेलमैदानको अभावमा खेलाडी उत्पादन हुन सकेका छैनन् ।’

विगतमा बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, ह्याण्डबल, टेबलटेनिस, तेक्वान्दो, कराते, हाइजम्प, लङजम्प, दौडलगायत खेल नियमित भइरहन्थे । तर लामो समयपछि पर्वतमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको राष्ट्रिय कराते खेल सञ्चालन भएको थियो । यसले यहाँका खेलाडी, दर्शक तथा खेलप्रेमीमा नयाँ उत्साह थपेको छ ।

‘द्वन्द्वकालीन अवस्था र खेलमैदानको अभावले गर्दा पर्वत खेलकुदमा लामो समयसम्म पछाडि रह्यो, यसबीचमा पर्वतले राष्ट्रिय स्तरका खेलाडी जन्माउन सकेन’, कराते प्रशिक्षक तथा कराते महासङ्घ पर्वतका संयोजक राम श्रेष्ठले भने। तर नवौँ राष्ट्रिय खेलकुदबाट पर्वतले पनि राष्ट्रिय खेल सम्पन्न गर्न सक्दोरहेछ भन्ने प्रमाणित भएको उनको भनाइ छ । धेरै वर्षपछि खेलाडी, अभिभावक र खेलप्रेमीमा हौसला र उत्साह जागेको उनको भनाइ छ । 

‘राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु सहज थिएन । आवश्यक पूर्वाधार बिना पनि छोटो समयमा बन्दोबस्त गर्न सफल भयौं’, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले भने। 

पूर्वाधार निर्माणका लागि भनेर राष्ट्रिय खेलकुदबाट कुनै पनि रकम उपलब्ध नभएको उहाँको भनाइ छ । उनका अनुसार पाँच लाखभन्दा बढी रकम जिल्ला खेलकुद विकास समिति आफैले ऋण खोजेर खर्च गरेको छ । कुश्मामा सम्पन्न राष्ट्रिय कराते खेलले समग्र पर्वतको पहिचानलाई देशभर चिनाउन भूमिका खेलेको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बताए ।

‘हामीले पूर्वाधार निर्माणका लागि रु दश लाख उपलब्ध गराएका थियौँ’, उनले भने, ‘खेलकुदको विकासका लागि भोलिका दिनमा पनि सहयोग गर्न कुनै कन्जुस्याँइ हुँदैन ।’

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ०४ बजे

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा