बेलायती प्रधानमन्त्रीको रुपमा सुनकको पहिलो सम्बोधन – मुलुकमा व्याप्त समस्या समाधान गर्ने दृढता « Khabarhub

बेलायती प्रधानमन्त्रीको रुपमा सुनकको पहिलो सम्बोधन – मुलुकमा व्याप्त समस्या समाधान गर्ने दृढता


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले बेलायतमा व्याप्त समस्याको समाधान गर्ने दृढता व्यक्त गरेका छन् । प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो सम्बोधनका क्रममा सुनकले बेलायतमा विश्वासको वातावरणलाई पुनःस्थापना गर्ने, आत्मविश्वास बढाउने र अर्थतन्त्रमा देखिएको संकट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले संसद र सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र जारी विवादको पनि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘अहिलेको अवस्था कति कठिन छ भन्ने मैले बुझेको छु’ बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटअगाडि सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले भने, ‘यति हुँदा मैले विश्वासलाई पुनःस्थापित गर्न काम गर्नुपर्छ भन्ने पनि मलाई थाहा छ ।’

उनले समस्याबाट आफू विचलित नभएको पनि बताएका छन् । उनले आफू उच्चस्तरको जिम्मेवारीमा रहेको बताउँदै जिम्मेवारीअनुसारको काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि उनले बेलायतका राजा चाल्र्स तृतीयसँग भेट गरी औपचारिक रुपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । लिज ट्रसले गत बिहीबार राजीनामा दिएको घोषणा गरेसँगै ऋषि सुनकलाई कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्री चुनेको हो ।

उनका सामुन्ने सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र जारी विवादको समाधान गर्ने र बेलायतको गिर्दो अर्थतन्त्रलाई उकास्ने चुनौति रहेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : २८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर