अमेरिकामा दुई जना संदिग्ध चिनियाँ जासुसविरुद्ध अभियोग दर्ता « Khabarhub

अमेरिकामा दुई जना संदिग्ध चिनियाँ जासुसविरुद्ध अभियोग दर्ता


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा दुई जना संदिग्ध चिनियाँ जासुसविरुद्ध अभियोग दर्ता गरिएको छ । अनुसन्धानकर्ताहरुलाई हजारौँ डलर रकम एवम् गहना दिएर चिनियाँ प्राविधिक कम्पनीविरुद्धको अनुसन्धानमा बाधा उत्पन्न गरेको अभियोगमा दुई संदिग्ध चिनियाँ जासुसविरुद्ध अभियोग दर्ता गरिएको बीबीसीले उल्लेख गरेको छ ।

अभियोगपत्रमा चिनियाँ नागरिकहरु गौचुन हे र जेङ वाङले अमेरिकी कानून कार्यान्वयन निकायका अधिकारीहरुलाई प्रलोभन दिई अनुसन्धानको विवरणको माग गरेको जनाइएको छ । उनीहरुले अनुसन्धानको रणनीतिक बैठकको रेकर्ड पनि उपलब्ध गराउन कानून कार्यान्वयन अधिकारीहरुसमक्ष माग गरेको बीबीसीले जनाएको छ ।

यद्यपि ती कानून कार्यान्वयन अधिकारीहरुले अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआईको तर्फबाट ‘डबल एजेन्ट’ को रुपमा कार्य गरिरहेको जनाइएको छ । प्रलोभनमा पारिएका ‘डबल एजेन्ट’ का रुपमा कार्यरत अमेरिकी कानून कार्यान्वयन अधिकारीहरुले ती संदिग्ध चिनियाँ जासुसहरुको विवरण एफबीआईलाई उपलब्ध गराएका थिए ।

ती संदिग्ध चिनियाँ जासुसहरुले कानून कार्यान्वयन अधिकारीहरुलाई दशौँ हजार डलर बराबरका नगद एवम् गहना र ४१ हजार डलर बराबरको बिट्कोइनको प्रलोभन दिएको बताइएको छ ।

अमेरिकाका महान्यायाधिवक्ता मेरिक गारल्याण्डले पत्रकार सम्मेलन गर्दै उनीहरुविरुद्ध अभियोग दर्ता गरिएको जानकारी दिएका हुन् । अमेरिकी अभियोगपत्रमा कुन चिनियाँ प्राविधिक कम्पनीविरुद्धको अनुसन्धानमा उनीहरुले बाधा उत्पन्न गरेका हुन् भन्नेबारे केही खुलाइएको छैन ।

गारल्याण्डसहितका अधिकारीहरुले पनि उक्त चिनियाँ कम्पनीको पहिचान नखुलाएको बीबीसीले जनाएको छ । यद्यपि अमेरिकी सञ्चारमाध्यमले उक्त कम्पनी चीनमा मुख्यालय रहेको हुवावे रहेको हुनसक्ने जनाएका छन् ।

चीनले आफ्नो मुलुकको न्यायिक प्रक्रियाको गरिमामा आँच पुर्‍याउने कार्य गरेको पनि गारल्याण्डले आरोप लगाएका छन् ।

यता चीनले भने अमेरिकाले चीनको बद्नाम गर्नका लागि झूठको खेती गरिरहेको आरोप लगाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ४५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा