अमेरिकामा दुई जना संदिग्ध चिनियाँ जासुसविरुद्ध अभियोग दर्ता « Khabarhub

अमेरिकामा दुई जना संदिग्ध चिनियाँ जासुसविरुद्ध अभियोग दर्ता


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा दुई जना संदिग्ध चिनियाँ जासुसविरुद्ध अभियोग दर्ता गरिएको छ । अनुसन्धानकर्ताहरुलाई हजारौँ डलर रकम एवम् गहना दिएर चिनियाँ प्राविधिक कम्पनीविरुद्धको अनुसन्धानमा बाधा उत्पन्न गरेको अभियोगमा दुई संदिग्ध चिनियाँ जासुसविरुद्ध अभियोग दर्ता गरिएको बीबीसीले उल्लेख गरेको छ ।

अभियोगपत्रमा चिनियाँ नागरिकहरु गौचुन हे र जेङ वाङले अमेरिकी कानून कार्यान्वयन निकायका अधिकारीहरुलाई प्रलोभन दिई अनुसन्धानको विवरणको माग गरेको जनाइएको छ । उनीहरुले अनुसन्धानको रणनीतिक बैठकको रेकर्ड पनि उपलब्ध गराउन कानून कार्यान्वयन अधिकारीहरुसमक्ष माग गरेको बीबीसीले जनाएको छ ।

यद्यपि ती कानून कार्यान्वयन अधिकारीहरुले अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआईको तर्फबाट ‘डबल एजेन्ट’ को रुपमा कार्य गरिरहेको जनाइएको छ । प्रलोभनमा पारिएका ‘डबल एजेन्ट’ का रुपमा कार्यरत अमेरिकी कानून कार्यान्वयन अधिकारीहरुले ती संदिग्ध चिनियाँ जासुसहरुको विवरण एफबीआईलाई उपलब्ध गराएका थिए ।

ती संदिग्ध चिनियाँ जासुसहरुले कानून कार्यान्वयन अधिकारीहरुलाई दशौँ हजार डलर बराबरका नगद एवम् गहना र ४१ हजार डलर बराबरको बिट्कोइनको प्रलोभन दिएको बताइएको छ ।

अमेरिकाका महान्यायाधिवक्ता मेरिक गारल्याण्डले पत्रकार सम्मेलन गर्दै उनीहरुविरुद्ध अभियोग दर्ता गरिएको जानकारी दिएका हुन् । अमेरिकी अभियोगपत्रमा कुन चिनियाँ प्राविधिक कम्पनीविरुद्धको अनुसन्धानमा उनीहरुले बाधा उत्पन्न गरेका हुन् भन्नेबारे केही खुलाइएको छैन ।

गारल्याण्डसहितका अधिकारीहरुले पनि उक्त चिनियाँ कम्पनीको पहिचान नखुलाएको बीबीसीले जनाएको छ । यद्यपि अमेरिकी सञ्चारमाध्यमले उक्त कम्पनी चीनमा मुख्यालय रहेको हुवावे रहेको हुनसक्ने जनाएका छन् ।

चीनले आफ्नो मुलुकको न्यायिक प्रक्रियाको गरिमामा आँच पुर्‍याउने कार्य गरेको पनि गारल्याण्डले आरोप लगाएका छन् ।

यता चीनले भने अमेरिकाले चीनको बद्नाम गर्नका लागि झूठको खेती गरिरहेको आरोप लगाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ४५ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार