‘विश्वकै सबैभन्दा फोहोरी मानिस’ को ९४ वर्षको उमेरमा निधन « Khabarhub

‘विश्वकै सबैभन्दा फोहोरी मानिस’ को ९४ वर्षको उमेरमा निधन


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘विश्वकै सबैभन्दा फोहोरी मानिस’ को संज्ञा पाएका अमोउ हाजीको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा दक्षिणी इरानको फारस प्रान्तस्थित देजगाह गाउँमा निधन भएको हो ।

इरानको इर्ना समाचार संस्थाले जनाएअनुसार उनको गत आइतबार निधन भएको हो । उनले ६० वर्षसम्म साबुन र पानीले नुहाएका थिएनन् । उनका साथी एवम् गाउँलेहरुका अनुसार युवा अवस्थामा उनको जीवनमा भावनात्मक धक्का लागेपछि उनले नुहाउन छाडेका हुन् ।

यद्यपि इर्नाले जनाएअनुसार केही महिनाअघि गाउँलेहरुको दबाबमा उनले ६ दशकपछि पहिलो पटक स्नान गरेका थिए ।

सन् २०१४ मा तेहरान टाइम्सले उनीबारे खबर प्रकाशित गर्दै उनले सडक किनारमा मारिएका जनावरको मासु खाने, जनारवको अवयवहरु पाइपमा सल्काएर फुक्ने र सफा भएमा आफू बिरामी पर्ने बताएको जनाएको थियो ।

केही तस्वीरहरुमा उनले एकैपटक धेरैवटा चुरोट तान्ने गरेको पाइएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ५८ बजे

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा