दसैँको समयमा तीन हजार खसीबोका बिक्री « Khabarhub

दसैँको समयमा तीन हजार खसीबोका बिक्री


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा दसैँका बेला मात्रै तीन हजार  खसीबोका बिक्री  भएका छन् । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार लेकाली क्षेत्रमा रहेका गोठ, जिल्लाका विभिन्न स्थानमा रहेका सहकारी एवं व्यक्तिगत बाख्रा फार्मबाट सो सङ्ख्यामा खसीबोका बिक्री भएका हुन् ।

कार्यालयका अनुसार जिल्लाको उच्च लेकमा रहेका गोठबाट मात्रै एक हजार पाँच सयको हाराहारीमा खसीबोका बिक्री भएको अनुमान गरिएको छ । सो बाहेक विभिन्न सहकारी एवं व्यक्तिले सञ्चालन गरेका बाख्रा फार्मबाट पनि ठूलो सङ्ख्यामा खसीबोका बिक्री भएको पशुसेवा कार्यालय लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले बताए ।

कार्यालय प्रमुख डा. श्रेष्ठका अनुसार जिल्लामा माग भन्दा बढी भएर सो सङ्ख्यामा खसीबोका बाहिरी जिल्लामा निर्यात भएको हो । जिल्ला बाहिर निर्यात भएका खसी बोकाको विवरण अनुमान गरिएपनि जिल्ला भित्रै बिक्री भएका खसी बोकाको अनुमान भने गर्न नसकिएको डा. श्रेष्ठले बताए ।

लमजुङ जिल्ला मासु र अण्डामा भने आत्मनिर्भर रहेको तथ्यांकले देखाएको छ । जिल्लामा प्रत्येक वर्ष चार हजार मेट्रिक टनको हाराहारीमा मासु उत्पादन हुँदै आएको छ । प्रत्येक वर्ष पाँचसय भन्दा बढी मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको तथ्यांकले देखाएको छ । लमजुङमा मासु प्रायोजनका लागि अत्याधिक रुपमा कुखुरा, बाख्रा, भेडा, बँगुर पालिएका छन् । अघिल्लो वर्षको तथ्यांक अनुसार जिल्लामा दुई लाख भन्दा बढी कुखुरा पालिएका छन् भने करिव दुई लाखकै हाराहारीमा बाख्रा, १२ हजार भन्दा बढी भेडा र चार हजार बंगुर पालिएको पशुसेवा कार्यालयको तथ्यांक छ ।

कृषि तथा पशुपालनमा राम्रो सम्भाव्यता भएर पनि लमजुङमा पशुजन्य उत्पादनमध्ये मासु र अण्डा पर्याप्त उत्पादन हुने गरेको छ । तर दूध र माछा उत्पादनमा भने लमजुङ अझै आत्मनिर्भर बन्न सकेको छैन । कार्यालयका अनुसार जिल्लामा अझैपनि माग भन्दा सात सय ३० मेटिक टन दूध र एक सय २७ मेट्रिकटन माछा कम उत्पादन हुँदै आएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : २० बजे

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास

किताब बगाएपछि बालबालिकालाई पढाइको पिर

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा