दसैँको समयमा तीन हजार खसीबोका बिक्री « Khabarhub

दसैँको समयमा तीन हजार खसीबोका बिक्री


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा दसैँका बेला मात्रै तीन हजार  खसीबोका बिक्री  भएका छन् । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार लेकाली क्षेत्रमा रहेका गोठ, जिल्लाका विभिन्न स्थानमा रहेका सहकारी एवं व्यक्तिगत बाख्रा फार्मबाट सो सङ्ख्यामा खसीबोका बिक्री भएका हुन् ।

कार्यालयका अनुसार जिल्लाको उच्च लेकमा रहेका गोठबाट मात्रै एक हजार पाँच सयको हाराहारीमा खसीबोका बिक्री भएको अनुमान गरिएको छ । सो बाहेक विभिन्न सहकारी एवं व्यक्तिले सञ्चालन गरेका बाख्रा फार्मबाट पनि ठूलो सङ्ख्यामा खसीबोका बिक्री भएको पशुसेवा कार्यालय लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले बताए ।

कार्यालय प्रमुख डा. श्रेष्ठका अनुसार जिल्लामा माग भन्दा बढी भएर सो सङ्ख्यामा खसीबोका बाहिरी जिल्लामा निर्यात भएको हो । जिल्ला बाहिर निर्यात भएका खसी बोकाको विवरण अनुमान गरिएपनि जिल्ला भित्रै बिक्री भएका खसी बोकाको अनुमान भने गर्न नसकिएको डा. श्रेष्ठले बताए ।

लमजुङ जिल्ला मासु र अण्डामा भने आत्मनिर्भर रहेको तथ्यांकले देखाएको छ । जिल्लामा प्रत्येक वर्ष चार हजार मेट्रिक टनको हाराहारीमा मासु उत्पादन हुँदै आएको छ । प्रत्येक वर्ष पाँचसय भन्दा बढी मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको तथ्यांकले देखाएको छ । लमजुङमा मासु प्रायोजनका लागि अत्याधिक रुपमा कुखुरा, बाख्रा, भेडा, बँगुर पालिएका छन् । अघिल्लो वर्षको तथ्यांक अनुसार जिल्लामा दुई लाख भन्दा बढी कुखुरा पालिएका छन् भने करिव दुई लाखकै हाराहारीमा बाख्रा, १२ हजार भन्दा बढी भेडा र चार हजार बंगुर पालिएको पशुसेवा कार्यालयको तथ्यांक छ ।

कृषि तथा पशुपालनमा राम्रो सम्भाव्यता भएर पनि लमजुङमा पशुजन्य उत्पादनमध्ये मासु र अण्डा पर्याप्त उत्पादन हुने गरेको छ । तर दूध र माछा उत्पादनमा भने लमजुङ अझै आत्मनिर्भर बन्न सकेको छैन । कार्यालयका अनुसार जिल्लामा अझैपनि माग भन्दा सात सय ३० मेटिक टन दूध र एक सय २७ मेट्रिकटन माछा कम उत्पादन हुँदै आएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : २० बजे

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका