जर्मन राष्ट्रपति फ्राङ्क भाल्टर स्टाइनमायर युक्रेन भ्रमणमा « Khabarhub

जर्मन राष्ट्रपति फ्राङ्क भाल्टर स्टाइनमायर युक्रेन भ्रमणमा


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमा राष्ट्रले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा पुगेका छन् ।

युक्रेनमा जारी युद्ध समाप्त भएपछि गरिने पुनर्निर्माणको बृहत् योजनाका बारेमा पश्चिमा मुलुकबीच विचारविमर्श भइरहेका बेला जर्मन राष्ट्रपति फ्राङ्क भाल्टर स्टाइनमेयरले युक्रेनको भ्रमण गरेका हुन् ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति फ्राङ्क भाल्टर स्टाइनमायरको यो पहिलो युक्रेन भ्रमण हो । युक्रेनीहरूमा एकताको सन्देश प्रवाह गर्न आफू युक्रेनी राजधानी किएभ आएको उनले बताएका छन् । क्षेप्यास्त्र र रकेट आक्रमण जारी रहेका बेला भएको आफ्नो भ्रमण महत्वपूर्ण भएको उनको टिप्पणी छ ।

रुसी सेनाले गरेको आठ महिनाको निरन्तरको आक्रमणले आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाल ध्वस्त भएका छन् । विश्व बैंकले युक्रेनमा हालसम्म तीन खर्ब ४५ अर्ब डलर क्षति भएको अनुमान गरेको छ ।

गत जेठमा पोल्याण्ड तथा बाल्टिक क्षेत्रका आफ्ना समकक्षीसँग उनले पनि युक्रेनको भ्रमण गर्ने योजना बनाएका थिए । त्यसबेला उनीमाथि रूसको समर्थन गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : ०७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर