चाडबाडमा किनमेल गर्नेको भीड | Khabarhub Khabarhub

चाडबाडमा किनमेल गर्नेको भीड


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालीको महान् चाड तिहारले कञ्चनपुरका सानाठूला बजारमा चहलपहल बढेको छ ।पछिल्लो केही दिनयता तिहारका लागि सामान किनमेल गर्नेको बजार क्षेत्रमा बाक्लो भीड लाग्ने गरेको छ ।

तिहारमा प्रयोग हुने सामान झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, माला, सप्तरङ्गी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।

अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी सीताराम धामीले बताए ।

‘तिहारले मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लुगाकपडा तथा तिहारका लागि सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ’, उनले भने ।

भीमदत्त नगरपालिका–९ स्थित पुरानो बजार ब्रह्मदेवका व्यापारी सुनिलदत्त जोशी बजारमा मानिसको चहलपहल बढेकाले व्यापार हुनेमा खुसी छन् । ‘व्यापार भारतीय ग्राहकमा निर्भर रहन्छ, चाडबाडले अहिले ग्राहक धेरै आइरहेका छन्’, उनले भने , ‘अन्य दिनको तुलनामा कारोबार बढ्ने अनुमान गरेका छौँ ।’

कोरोना महामारीले धरासायी बनेको व्यापार चाडबाडले चलायमान बनाउने ब्रह्मदेवकै व्यापारी गोपालसिंह धामीको आशा छ । ‘कोरोनापछि चहलपहल हुन सकेको थिएन, व्यापार शू्न्य भएर व्यवसायी विस्थापित भए’, धामीले भने, ‘कोरोनाको डरले मानिस बाहिर निस्केनन्, अहिले व्यापार राम्रै भइरहेको छ ।’

कोरोनापछि थलिएको व्यापार विस्तारै चलायमान बन्दै गएको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ०० बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत