चाडबाडमा किनमेल गर्नेको भीड « Khabarhub

चाडबाडमा किनमेल गर्नेको भीड


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालीको महान् चाड तिहारले कञ्चनपुरका सानाठूला बजारमा चहलपहल बढेको छ ।पछिल्लो केही दिनयता तिहारका लागि सामान किनमेल गर्नेको बजार क्षेत्रमा बाक्लो भीड लाग्ने गरेको छ ।

तिहारमा प्रयोग हुने सामान झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, माला, सप्तरङ्गी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।

अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी सीताराम धामीले बताए ।

‘तिहारले मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लुगाकपडा तथा तिहारका लागि सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ’, उनले भने ।

भीमदत्त नगरपालिका–९ स्थित पुरानो बजार ब्रह्मदेवका व्यापारी सुनिलदत्त जोशी बजारमा मानिसको चहलपहल बढेकाले व्यापार हुनेमा खुसी छन् । ‘व्यापार भारतीय ग्राहकमा निर्भर रहन्छ, चाडबाडले अहिले ग्राहक धेरै आइरहेका छन्’, उनले भने , ‘अन्य दिनको तुलनामा कारोबार बढ्ने अनुमान गरेका छौँ ।’

कोरोना महामारीले धरासायी बनेको व्यापार चाडबाडले चलायमान बनाउने ब्रह्मदेवकै व्यापारी गोपालसिंह धामीको आशा छ । ‘कोरोनापछि चहलपहल हुन सकेको थिएन, व्यापार शू्न्य भएर व्यवसायी विस्थापित भए’, धामीले भने, ‘कोरोनाको डरले मानिस बाहिर निस्केनन्, अहिले व्यापार राम्रै भइरहेको छ ।’

कोरोनापछि थलिएको व्यापार विस्तारै चलायमान बन्दै गएको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ०० बजे

भूगोलबाट केन्द्रीय सदस्यमा सांसद नरेन्द्र केरुङको दाबी

काठमाडौं– पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पार्टीको

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको