इजरायली सैनिककाे कारबाहीमा पाँच प्यालेस्टिनीकाे मृत्यु « Khabarhub

इजरायली सैनिककाे कारबाहीमा पाँच प्यालेस्टिनीकाे मृत्यु


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरायली सेनाले सशस्त्र हतियारधारी लुकेको स्थानमा गरेको कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार कारबाहीमा २० जना घाइते भएका छन् ।

विस्फोटक पदार्थयुक्त प्रयोगशालालाई पनि सैनिक कारबाहीका क्रममा ध्वस्त पारिएको छ । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढिरहेका बेला गए राति भएको उक्त कारबाहीले तनाव र द्वन्द्वलाई अझ चर्काएको छ । टेलिभिजन दृश्यमा नाब्लसको रातको आकाशमा आगो र धुवाँ उठेको देखिन्छ ।

आक्रमणमा मारिएका पाँच जना पुरुष २० देखि ३० वर्ष उमेर समूहका हुन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सैनिक कारबाहीको लक्ष्य प्यालेस्टिनी बन्दुकधारीहरूको थियो । सशस्त्र प्यालेस्टिनी समूहले हालै एक इजरायली सिपाहीको गोली हानी हत्या गरेको तथा सैनिक केन्द्रमा धेरै पटक आक्रमणको प्रयास गरेको थियो ।

यसैबीच, इजरायली प्रधानमन्त्री यायर ल्यापिडले ‘लायन्स डेन’का नेता वादी हाउ सैनिक कारबाहीमा मारिएका स्थानीय रेडियोलाई बताएका छन् । देशको सुरक्षाका खातिर सैनिक कारबाही जारी रहने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : १० बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने