राजनीति विकासका लागि : नेता लेखक « Khabarhub

राजनीति विकासका लागि : नेता लेखक


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुर क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकले राजनीति विकासका लागि भएको बताएका छन् ।

आज भीमदत्त नगरपालिका–१४ को बस्ती भेलालाई सम्बोधन गर्दै नेता लेखकले राजनीति कसैलाई पदमा पु¥याउनका लागि मात्रै नभएको बताए । ‘राजनीति विकासका लागि हो, विकास समृद्धिका लागि हो’, उनले भने, ‘राजनीति कसैलाई पदमा पु¥याउनका लागि मात्रै गरिन्छ भने त्यसको अर्थ हुँदैन र त्यो गन्तव्यमा पुग्दैन ।’

उनले राजनीतिलाई विकाससँग जोड्न आवश्यक रहेको बताए । ‘विकासलाई समग्र समाजको समृद्धिसँग जोड्न सकिन्छ, हामीले जनतालाई केही दिन सकेनौँ भने यो व्यवस्थाप्रति फेरि निरासा हुन्छ’,उनले भने, ‘त्यसैले मैले कञ्चनपुरमा त्रिदेशीय व्यापारिक नाकाको सम्भावना देखेको छु ।’

उननले नेपाल–भारत र नेपाल चीन जोड्नका लागि कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने आफ्नो चुनावी एजेन्डा रहेको बताए । ‘त्रिदेशीय नाकाका रूपमा विकास गर्न केही काम भएका छन्’, उनले भने, ‘यसलाई पूर्णता दिएर अगाडि बढ्नुपर्छ भन्ने मेरो प्राथमिक एजेन्डा हो ।’ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले दलका उम्मेदवार घरदैलोमा पुगेर मतदाता रिझाउन व्यस्त छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ३१ बजे

भूगोलबाट केन्द्रीय सदस्यमा सांसद नरेन्द्र केरुङको दाबी

काठमाडौं– पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पार्टीको

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको