चीनमा काम गरेका अमेरिकी पूर्वसैनिक पाइलट अष्ट्रेलियामा पक्राउ | Khabarhub Khabarhub

चीनमा काम गरेका अमेरिकी पूर्वसैनिक पाइलट अष्ट्रेलियामा पक्राउ


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा काम गरेका एक जना अमेरिकी पूर्व सैनिक पाइलट अष्ट्रेलियामा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार पूर्व अमेरिकी सैनिक पाइलट डेनियल एडमन्ड डुगनलाई अष्ट्रेलियाको संघीय प्रहरीले गत शुक्रबार न्यू साउथ वेल्स राज्यको ओरेन्ज गाउँबाट पक्राउ गरेको हो ।

५४ वर्षे डुगनलाई पक्राउ परेकै दिन अदालतमा पेश गरिएको रोयटर्सले जनाएको छ । प्रहरी स्रोत र उनका वकिलले उनको पक्राउबारे पुष्टि गरेको रोयटर्सले जनाएको छ ।

पूर्वअमेरिकी नागरिक डुगनलाई अमेरिकी आग्रहमा पक्राउ गरिएको र नजिकैको बाथहस्र्ट जेलमा राखिएको जनाइएको छ । उनलाई अमेरिका सुपुर्दगी गर्ने औपचारिक प्रक्रिया अघि बढाइएको रोयटर्सले जनाएको छ । यसबारे नोभेम्बर महिनामा सिड्नी सहरको अदालतमा सुनुवाई हुनेछ ।

उनले चीनमा काम गरेकै कारण उनलाई अमेरिकाको संघीय जाँचबुझ ब्युरो एफबीआईले खोजी गरिरहेको जनाइएको छ । अमेरिकी सेनामा एक दशक काम गरिसकेपछि उनी अष्ट्रेलिया गएको जनाइएको छ । अष्ट्रेलियामा उनले ‘टप गन तास्मानिया’ नामक कम्पनी स्थापना गरेको रोयटर्सले जनाएको छ ।

उक्त कम्पनीले बेलायती र अमेरिकी सेनामा काम गरेका सैनिक पाइलटहरुलाई काममा लगाउने गरेको थियो । उनको कम्पनीले पर्यटकहरुलाई सैनिक विमानमा उडान गर्दै आएको थियो ।

यद्यपि सन् २०१४ मा चीन पुगेका थिए । उनले त्यसबेला आफ्नो कम्पनी पनि बिक्री गरेको जनाइएको छ । उनको लिङ्क्डिन प्रोफाइलका अनुसार सन् २०१७ यता उनले चीनको सिङ्ताओ सहरमा एभिबिज नामक कम्पनीमा प्रबन्ध व्यवस्थापकको रुपमा काम गर्दै आएका थिए ।

हङकङका अधिकारीका अनुसार सन् २०१७ मा डेनियल एडमन्ड डुगन नामक अष्ट्रेलियन राहदानीधारीले स्थापना गरेको उक्त कम्पनी सन् २०२० मा विघटन गरिएको थियो ।

बेलायतले आफ्ना एक दर्जन पूर्व सैनिक पाइलटहरु चीनमा काम गरिरहेको खुलासा गरेको केही समयलगत्तै उनी पक्राउ परेका हुन् ।

अष्ट्रेलियाले पनि आफ्ना केही पूर्व सैनिक पाइलटहरुलाई चीनले आफ्नो मुलुकका लागि काम गर्न आग्रह गरेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ३७ बजे

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

चितवन– संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै

रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक