चीनमा काम गरेका अमेरिकी पूर्वसैनिक पाइलट अष्ट्रेलियामा पक्राउ « Khabarhub

चीनमा काम गरेका अमेरिकी पूर्वसैनिक पाइलट अष्ट्रेलियामा पक्राउ


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा काम गरेका एक जना अमेरिकी पूर्व सैनिक पाइलट अष्ट्रेलियामा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार पूर्व अमेरिकी सैनिक पाइलट डेनियल एडमन्ड डुगनलाई अष्ट्रेलियाको संघीय प्रहरीले गत शुक्रबार न्यू साउथ वेल्स राज्यको ओरेन्ज गाउँबाट पक्राउ गरेको हो ।

५४ वर्षे डुगनलाई पक्राउ परेकै दिन अदालतमा पेश गरिएको रोयटर्सले जनाएको छ । प्रहरी स्रोत र उनका वकिलले उनको पक्राउबारे पुष्टि गरेको रोयटर्सले जनाएको छ ।

पूर्वअमेरिकी नागरिक डुगनलाई अमेरिकी आग्रहमा पक्राउ गरिएको र नजिकैको बाथहस्र्ट जेलमा राखिएको जनाइएको छ । उनलाई अमेरिका सुपुर्दगी गर्ने औपचारिक प्रक्रिया अघि बढाइएको रोयटर्सले जनाएको छ । यसबारे नोभेम्बर महिनामा सिड्नी सहरको अदालतमा सुनुवाई हुनेछ ।

उनले चीनमा काम गरेकै कारण उनलाई अमेरिकाको संघीय जाँचबुझ ब्युरो एफबीआईले खोजी गरिरहेको जनाइएको छ । अमेरिकी सेनामा एक दशक काम गरिसकेपछि उनी अष्ट्रेलिया गएको जनाइएको छ । अष्ट्रेलियामा उनले ‘टप गन तास्मानिया’ नामक कम्पनी स्थापना गरेको रोयटर्सले जनाएको छ ।

उक्त कम्पनीले बेलायती र अमेरिकी सेनामा काम गरेका सैनिक पाइलटहरुलाई काममा लगाउने गरेको थियो । उनको कम्पनीले पर्यटकहरुलाई सैनिक विमानमा उडान गर्दै आएको थियो ।

यद्यपि सन् २०१४ मा चीन पुगेका थिए । उनले त्यसबेला आफ्नो कम्पनी पनि बिक्री गरेको जनाइएको छ । उनको लिङ्क्डिन प्रोफाइलका अनुसार सन् २०१७ यता उनले चीनको सिङ्ताओ सहरमा एभिबिज नामक कम्पनीमा प्रबन्ध व्यवस्थापकको रुपमा काम गर्दै आएका थिए ।

हङकङका अधिकारीका अनुसार सन् २०१७ मा डेनियल एडमन्ड डुगन नामक अष्ट्रेलियन राहदानीधारीले स्थापना गरेको उक्त कम्पनी सन् २०२० मा विघटन गरिएको थियो ।

बेलायतले आफ्ना एक दर्जन पूर्व सैनिक पाइलटहरु चीनमा काम गरिरहेको खुलासा गरेको केही समयलगत्तै उनी पक्राउ परेका हुन् ।

अष्ट्रेलियाले पनि आफ्ना केही पूर्व सैनिक पाइलटहरुलाई चीनले आफ्नो मुलुकका लागि काम गर्न आग्रह गरेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ३७ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला