विश्वकप फुटबलमाा ब्राजिलको विजयी सुरुवात, रिचार्लिसनको दुई गोल | Khabarhub Khabarhub

विश्वकप फुटबलमाा ब्राजिलको विजयी सुरुवात, रिचार्लिसनको दुई गोल


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ ।

ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित ग¥यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए ।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गरेको हो।

खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेका हुन् । उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्दपी गोल भने हुन सकेन ।

समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : ०५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र