सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सर्लाही – पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरित दिसाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। उनीहरु प्रदेश २-०२-००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ।

दुर्घटनामा सिरहाको करजनहा नगरपालका-११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएका छन्। घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ११ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर