विश्वकपमा एसियाको उपस्थिति | Khabarhub Khabarhub

विश्वकपमा एसियाको उपस्थिति


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जारी विश्वकपका दुई अप्रत्याशित परिणाम देखिए। जापानले जर्मनीलाई २-१ ले हरायो भने साउदी अरेबियाले अर्जेन्टिनालाई त्यही स्कोरले स्तब्ध बनायो। विश्वकपमा एसियाली राष्ट्रको उपस्थितिले विश्वकपको स्तर नै गुमेको आरोप लागि रहेको समयमा यी दुवै नतिजा अर्थपूर्ण र महत्त्वपूर्ण छन्।

दक्षिण कोरिया सेमिफाइनल प्रवेश गर्ने पहिलो एसियाली देशको रूपमा कीर्तिमान राख्न सफल भएको २० वर्षपछि फेरि एसियामा विश्वकप भएको छ। सोही स्तरको प्रदर्शन एसियाली देशले गर्ने या नगर्ने भन्ने धेरैको चासो छ। यस वर्ष एसियाली फुटबल महासङ्घ (एएफसी) अन्तरगतका ६ टोलीको सहभागिता छ। यो सर्वाधिक उपलब्धि हो। एसियामा आयोजना हुनुका साथै प्ले अफमा पनि एसियाली देशले सफलता पाएको कारण यो कीर्तिमानी सहभागिता भएको हो। दक्षिण कोरियाले उरुग्वेसँग बराबरी गर्नु यसै विश्वकपको अर्को राम्रो परिणाम हो।

दक्षिण कोरिया सेमिफाइनल प्रवेश गर्ने पहिलो एसियाली देशको रूपमा कीर्तिमान राख्न सफल भएको २० वर्षपछि फेरि एसियामा विश्वकप भएको छ। सोही स्तरको प्रदर्शन एसियाली देशले गर्ने या नगर्ने भन्ने धेरैको चासो छ।

सहभागिताको आधारमा भन्ने हो भने विश्व फुटबलमा एसियाको उपस्थिति सन् १९३८ देखि हो। सन् १९३८ को विश्वकपमा इन्डोनेसियाले सहभागिता जनाएको थियो। पहिलो पटक एएफसीको प्रतिनिधित्व १ भन्दा बढी टोलीले गरेको सन् १९८६ को विश्वकप हो।

सन्१९८६ देखि लगातार विश्वकपमा सहभागिात जनाएको दक्षिण कोरियाको अहिलेसम्म ११ संस्करणमा आफ्नो उपस्थिति देखाइसकेको छ। सन् १९३८ मा डच इस्ट इन्डिजको नामले समेत चिनिने इन्डोनेसिया पहिलो चरणबाट नै बाहिरिएको थियो। सन् १९५० को विश्वकपमा भने एसियाको प्रतिनिधित्व थिएन। सन् १८५४ मा सहभागी दक्षिण कोरिया पहिलो चरणबाट नै बाहिरिएको थियो।

सन् १९६६ मा उत्तर कोरियामा क्वार्टर फाइनलमा प्रवेश गरेको थियो। धेरैले त्यस उपलब्धिलाई आश्चर्यजनक परिणामको संज्ञा पनि दिने गरेका छन्। सन् १९७० मा सहभागी इजरायल, १९७४ मा सहभागी इरान र सन् १९८२ मा सहभागी कुवेत पहिलो चरणबाट नै बाहिरिएका थिए।

सन् १९८६ मा इराक र दक्षिण कोरिया पहिलो चरणबाट नै बाहिराएका थिए। सन् १९९० मा दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स पहिलो चरणबाट नै बाहिरिएका थिए। सन् १९९४ मा साउदी अरेबिया दोस्रो चरणमा प्रवेश गरेको थियो भने दक्षिण कोरिया पहिलो चरणबाट बाहिरिएको थियो।

सन् १९६६ मा उत्तर कोरियामा क्वार्टर फाइनलमा प्रवेश गरेको थियो। धेरैले त्यस उपलब्धिलाई आश्चर्यजनक परिणामको संज्ञा पनि दिने गरेका छन्।

सन् १९९८ मा एसियाले चार टोली सहभागिताको मौका पाएको थियो। इरान जापान, दक्षिण कोरिया र साउदी अरेबिया सबै पहिलो चरणबाट नै बाहिरिएका थिए। सन् २००२ मा जापान चीन र साउदी अरेबिया सहभागी थिए। दक्षिण कोरिया भने सेमिफाइनलमा प्रवेश गरेको थियो। जापान पनि दोस्रो चरण प्रवेश गरेको थियो। अन्य दुई टोली चीन र साउदी अरेबिया पहिलो चरणबाट नै बाहिरिएका थिए। सन् २००६ मा जापान, दक्षिण कोरिया, साउदी अरेबिया र इरान सहभागी थिए।

सन् २०१० मा अष्ट्रेलिया जापान, उत्तर कोरिया र दक्षिण कोरिया सहभागी थिए। जापान र दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरे पनि अन्य दुवै टोली पहिलो चरण पार गर्न असफल भए। सन् २०१४ मा अष्ट्रेलिया जापान, इरान र साउदी अरेबिया सहभागी थिए। कुनै पनि टोली पहिलो चरण पार गर्न असफल भए। सन् २०१८ मा अष्ट्रेलिया जापान, इरान र साउदी अरेबिया विश्वकपमा सहभागी थिए। जापान दोस्रो चरणमा प्रवेश गरेको थियो।

अहिलेसम्मका उत्कृष्ट एसियाली फुटबल खेलाडी को भन्ने एउटा प्रश्न उठेको छ। धेरै पण्डितको धेरै मत छ। धेरैले चा बुम कुनलाई एसियाको अहिलेसम्मकै उत्कृष्ट खेलाडीको कोटीमा राख्ने गरेका छन्। चाबुमको गोल गर्ने खुबीले उनलाई माथिल्लो कोटीमा राखिएको हो।

सन् २०१० मा अष्ट्रेलिया जापान, उत्तर कोरिया र दक्षिण कोरिया सहभागी थिए। जापान र दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरे पनि अन्य दुवै टोली पहिलो चरण पार गर्न असफल भए।

जर्मनीमा व्यावसायिक फुटबल खेल्ने उनले सन् १९८९ मा सबै किसिमको खेलाडी जीवनबाट संन्यासको घोषणा गरेका थिए।फिलिपिन्समा जन्मिएका पाउलिन्हो अपलान्टारालाई एसियाली खेलाडीको सूचीमा राख्ने या नराख्ने भन्ने विवाद पनि हुनसक्छ। बार्सिलोनाका लागि खेल्ने उनले फिलिपिन्स र स्पेन दुवै देशबाट अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

१५ वर्षको उमेरमा बार्सिलोनाको जर्सी भिरेर मैदानमा उत्रेका उनले सो क्लबको प्रतिनिधित्व गर्ने कान्छो खेलाडीको रूपमा कीर्तिमान कायम गरेका थिए। उनले क्लबको तर्फबाट ३ सय ९९ खेल खेल्दै ३ सय ९५ गोल गरेका थिए।

फुटबल खेलाडीको रूपमा संन्यासको घोषणा गरेपछि उनी सन् १९२७ मै चिकित्सक भएका थिए। फुटबलको मोहले छाड्न नसकेका उनले सन् १९३१ देखि १९३४ सम्म क्लब निर्देशकको रूपमा काम गरेका थिए। करिब एक शताब्दी पछि पनि उनको त्यो सफलता र सनसनीपूर्ण खेलको धेरैले याद गर्ने गरेका छन्।

संग ह्योग मिनलाई अहिले खेली रहेका मध्य उत्कृष्ट एसियाली खेलाडीको सूचीमा राख्ने गरिन्छ। टोटनहाम हस्टस्पर्टका लागि खेल्ने उनी कोरियाली टोलीका कप्तानसमेत हुन्। उनको केही विशेष शैली र स्पिडले धेरैलाई आश्चर्यमा पारेको थियो। गएको जुन महिनामा कोरियाली संस्कृति मन्त्रालयले उनलाई च्योङम्योङ पदक प्रदान गरेको थियो। फुटबल खेलाडीले पाएको यो सबैभन्दा ठूलो पुरस्कारसमेत हो। सो अवसरमा राष्ट्रपति युन सोक योकल आफै आएर पुरस्कार प्रदान गरेका थिए।

संग ह्योग मिनलाई अहिले खेली रहेका मध्य उत्कृष्ट एसियाली खेलाडीको सूचीमा राख्ने गरिन्छ। टोटनहाम हस्टस्पर्टका लागि खेल्ने उनी कोरियाली टोलीका कप्तानसमेत हुन्।

साउदी अरेबियाका पूर्व गोलरक्षक मोहम्मद अल दाइया अहिलेसम्मकै उत्कृष्ट गोल रक्षकको रूपमा हेर्ने गरिन्छ। आफ्नो देशको तर्फबाट चार विश्वकपमा सहभागिता जनाएका उनले औपचारिक रूपमा १ सय ७३ खेल खेलेका छन्।

इरानका अलि दाईलाई अर्को उत्कृष्ट फुटबल खेलाडीको सूचीमा राख्ने गरिन्छ। सन् २००० देखि २००६ सम्म उनी उनी बुन्डेसलिगामा हर्था बर्लिनको तर्फबाट खेल्ने गरेका थिए। सन् १९९३ देखि २००६ सम्म इरानको राष्ट्रिय टोलीमा अटाएका उनले १ सय ४९ खेलमा १ सय ९ अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनले सन् १९९४ मा चाइनिज ताइपेइविरुद्धमा पहिले अन्तर्राष्ट्रिय गोल गरेका थिए। जारी विश्वकपमा मनका अलावा अन्य केही स्टारलाई हेर्न लायक एसियाली खेलाडीको सूचीमा राखिएको छ।

साउदी अरेबियाका पूर्व गोलरक्षक मोहम्मद अल दाइया अहिलेसम्मकै उत्कृष्ट गोल रक्षकको रूपमा हेर्ने गरिन्छ। आफ्नो देशको तर्फबाट चार विश्वकपमा सहभागिता जनाएका उनले औपचारिक रूपमा १ सय ७३ खेल खेलेका छन्।

धेरैले जापानका ताकिहिरो तोमियासुलाई यो सूचीमा समावेश गरेका हुन्। १९ वर्षको उमेरमा युरोपेली फुटबलमा पाइला टेकेका उनी आर्सनलका प्रभावशाली खेलाडीको रूपमा परिचित छन्। टोलीका कप्तान मोया यासुडोको नजरमा समेत उनी भरपर्दा खेलाडी हुन।

ताकेफुसा क्युवा त्यत्तिकै हेर्न लायक जापानका खेलाडी हुन्। १६ वर्षको उमेरमै जे लिगमा आबद्ध भएर सनसनी फैलाएका २१ वर्षीय क्युुवाले युवा अवस्थामा धेरै समय बार्सिलोनामा बिताए। गत वर्षको टोकियो ओलम्पिकमा गरेको प्रदर्शनले संसारभरका फुटबल पारखीले उनलाई रुचाएका हुन्। साथै धेरै क्लबले उनी माथि आँखा लगाएका हुन्।

अहिले सतही विश्लेषण गर्न सकिन्छ । तर, पूर्ण नतिजाका लागि एक महिना कुर्नैपर्छ । जसले जे भने पनि एक शताब्दी भन्दा लामो फुटबलको यात्रामा एसियाली देश प्रतिस्पर्धात्मक अवस्थामा पुगेको यथार्थलाई कसैले लुकाउन सक्दैन।

वाया विंगबाट खेल्ने आयोजक राष्ट्रका अक्रम अफिफी पनि धेरै फुटबल पण्डितको नजरमा यस पटकका हेर्न लायक खेलाडी हुन्।भिल्लारियलमा खेलेको व्यावसायिक फुटबलको अनुभवले उनलाई धेरै सहयोग हुनसक्ने छ। एक महिनाको यो अन्तरालमा यो त केही अनुमानका विषय हुन्। पूर्ण रूपमा एसियालीको प्रदर्शन त हेर्ने पर्ने हुन्छ। जे भए पनि एक शताब्दी भन्दा लामो फुटबलको यात्रामा एसियाली देश प्रतिस्पर्धात्मक अवस्थामा पुगेको यथार्थलाई कसैले लुकाउन सक्दैन।

स्रोत : गोल डटकम, टटलर एसिया

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : २१ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष