डेढ वर्षपछि नै प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव ! « Khabarhub

ओली फोनको ‘साइड इफेक्ट’

डेढ वर्षपछि नै प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव !

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सत्ता गठबन्धनभित्रैको अन्तर्घात र असन्तुष्टि बढेका बेला प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु आपसी छलफलमा जुट्ने भएका छन् ।

चुनावको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै ओलीले प्रचण्डलाई टेलिफोन गर्दै आगामी सहयात्राबारे छलफल सुरु गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुट्न लागेका हुन् । बिहीबार ओली र प्रचण्डको टेलिफोन वार्ता र सम्भावित फेरि वाम सहयात्राबारे समाचार बनेका थिए ।

तर यसलाई चिर्न फेरि सत्ता गठबन्धनका शीर्ष नेता तत्कालै छलफल जुट्ने कुराकानी भइसकेको बालुवाटार स्रोतले जनाएको छ ।

‘प्रचण्डको वर्तमान अवस्था बुझेर ओलीले खेल्न थालेको महसुस भइसकेको छ,’ बालुवाटार उच्च स्रोतले भन्यो, ‘ छिट्टै गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर सबै विषय टुंग्याउने कुरा भएको छ । सम्भवतः नयाँ प्रधानमन्त्री को बन्ने भन्ने विषय पनि छिट्टै टुंगिन्छ ।’

यसअनुसार शनिबार वा आइतबारमै बालुवाटारमा बैठक बस्दैछ । सबै नेता जिल्लाबाट फर्किन ढिला भए सोमबार मात्रै शीर्ष नेताहरुको बैठक बस्नेछ । ओलीले गठबन्धनभित्र खेल्न प्रचण्डलाई फोन गरेको निष्कर्षसहित सत्ता गठबन्धनका शीर्ष नेताहरु आपसमा सहमति गर्न जुट्न लागेका हुन् ।

चुनावी मतपरिणामअनुसार कांग्रेस पहिलो पार्टी बन्नेछ भने एमाले दोस्रो र माओवादी तेस्रो पार्टी बन्नेछ । कांग्रेसले माओवादी, नेकपा समाजवादी, लोसपा र नागरिक उन्मुक्ति पार्टी मिलाएर सरकार गठन गर्ने तयारी थालेको छ ।

त्यो तयारीअनुसार शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्नेछन् । त्यसअघि शीर्ष नेताहरुको बैठकमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत शीर्ष पदहरुको भागबण्डा हुनेछ । प्रचण्डलाई डेढ वा दुई वर्षपछि प्रधानमन्त्री बनाउने गरि सहमति गरेर बहुमतको आधारमा देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष प्रस्ताव पठाउने शीर्ष नेताहरुको तयारी छ ।

प्रदेशमा पनि सत्ता गठबन्धनकै बहुमत रहेकाले प्रतिपक्षी एमाले अब पुरै पाँच वर्ष फेरि प्रतिपक्षमै सीमित गर्ने योजना देउवा, प्रचण्ड र माधव नेपालको छ ।

नेपालका सबैभन्दा अस्थिर नेता मानिने प्रचण्ड यसपटक पनि ओलीले प्रधानमन्त्री बनाउने सहमति गरेमा कांग्रेससँग छुट्टिन बेर छैन । प्रचण्डको यो स्वभाव राम्ररी बुझेका देउवा सकेसम्म डेढ वर्षपछि नै प्रचण्डलाई प्रधानमन्त्री बनाउने पक्षमा छन् ।

तर यसका लागि कांग्रेसभित्र र सत्ता गठबन्धनमा नै कम्तीमा आन्तरिक सहमति चाहिन्छ । सत्ता गठबन्धन नै चुनावी मैदानमा होमिदा धेरै कम्युनिष्ट उम्मेद्वार पराजित भएका छन् । यसबाट प्रचण्ड र माधव नेपाल झस्किएका छन् ।

त्यसमाथि संसद् विघटन गर्ने ओलीसँग तत्कालै मिल्दा मतदातामा फेरि नराम्रो सन्देश जाने भएकाले प्रचण्ड सत्ता गठबन्धनबाट तत्कालै टुट्टिने सम्भावना छैन । त्यसमाथि यसपटकको चुनावी परिणामले एमालेलाई सरकार बनाउन सहज छैन ।

त्यसैले अंकगणितका हिसाबले कांग्रेस, माओवादी र समाजवादीलाई सरकार बनाउन सहजसँगै मतदाताको पनि जनमत छ । यस्तो बेलामा सबैभन्दा पहिले प्रचण्डको मागलाई सम्बोधन गर्नुपर्ने बाध्यता देउवालाई छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ११ बजे

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

एजेन्सी– विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय

अझै बनेन संसद् हल, सभामुखले जंगिँदै भने- दैनिक एक करोड जरिवाना तिराउँछौँ

काठमाडौं- सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद्

अमेरिकी सांसद नै भन्छन् : युद्धले केही दिएन, इरानसँग आत्मसर्पण गरेजस्तो भयो

वाशिङ्टन- इरानसँगको सम्झौतालाई लिएर अमेरिकामै विवाद र विरोध भएको छ।

युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण

एजेन्सी– लामो समयको अवरोधपछि युरोपेली सङ्घ (ईयु) ले युक्रेनको सदस्यता

विज्ञान प्रयोगशालाका लागि विश्वसनीय कानुन बनाउन खोजेका छौँ : मन्त्री पुन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशालालाई