कोदालो प्रहारबाट मकवानपुरमा वृद्धको मृत्यु « Khabarhub

कोदालो प्रहारबाट मकवानपुरमा वृद्धको मृत्यु


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको थाहा नगरपालिका १२ गैरीगाउँमा बिहीबार झगडा हुँदा कोदालोको बिँडले प्रहार गरेर ८९ वर्षीय वृद्धको ज्यान गएको छ ।

गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९ वर्षीय आइतसिंह स्याङ्तानबीच आपसमा भनाभनको क्रममा झगडा भएको प्रहरीले जनाएको छ । झगडाको क्रममा टाइसन गोलेले कोदालोको बिँडले आइतसिंह स्याङ्तानको टाउकोमा हानी गम्भीर घाइते बनाएका थिए ।

ट्रमा सेन्टर काठमाडौंमा उपचारका लागि लगिएको उनको मृत्यु भएको हो । कुटपिट गर्ने टाइसन गोलेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ३५ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब