सुनसरी–१ (१) मा बस्नेत र २ (१) मा भण्डारी « Khabarhub

सुनसरी–१ (१) मा बस्नेत र २ (१) मा भण्डारी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरी क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् । आज सार्वजनिक भएको प्रदेशसभाको अन्तिम मतपरिणामअनुसार बस्नेतले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई एक हजार तीन सय ५० मतान्तरले पराजित गरेका हुन्। 

बस्नेतले ११ हजार एक सय दुई तथा कांग्रेसका थापाले नौ हजार सात सय ५२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा (१) मा कुल ३९ हजार सात सय १३ मत खसेकामा ३७ हजार नौ सय ४२ मत सदर भएको थियो ।

यसैगरी सुनसरी क्षेत्र नं २ प्रदेशसभा (१) मा एमालेका रेवतीरमण भण्डारी विजयी भएका छन् । उनले इटहरी उपमहानगरपालिकाका पूर्वमेयर, माओवादी केन्द्रका द्वारिकालाल चौधरीलाई पराजित गरेका हुन् । भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्षसमेत हुन् । भण्डारीले १४ हजार पाँच सय २८ तथा चौधरीले ११ हजार आठ सय ४५ मत प्राप्त गरेका छन् । दुवैजनाबीच दुई हजार छ सय ८३ मतान्तर रहेको छ ।

त्यसैगरी राप्रपाका मोहनबहादुर खत्रीले नौ हजार ३२२ तथा स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेले तीन हजार २०८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ४६ बजे

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन