सङ्खुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित | Khabarhub Khabarhub

सङ्खुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । खड्का ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत ल्याएका छन् । खड्काले पाँच हजार चार सय ३९ मतान्तरले विजयी भएका हुन् । विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए । खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापतिसमेत हुन् ।

जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार तीन सय ३७ मत खसेको थियो । त्यसमध्ये दुई हजार सात सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका थिए । प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् ।

कार्कीले १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएका हुन् । उनी ३४ मतान्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन् । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ५१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका