कालीकोटमा माओवादीका शाही विजयी « Khabarhub

कालीकोटमा माओवादीका शाही विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गरेका हुन् ।

कालीकोटमा खसेको कुल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले २३ हजार ८७ मत प्राप्त गरे । उनका निकटम् प्रतिद्वन्द्वी एमालेका नगेन्द्रले १६ हजार २३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९, नेपाली कांग्रेस (विपी) का पङ्खबहादुर विष्टले एक सय ४० तथा स्वतन्त्रद्वय काशीचन्द्र बरालले आठ सय ९३ र धनप्रसाद पाण्डेले ७९ मत ल्याएको मुख्य निर्वाचन अधिकत भरत लम्सालले जानकारी दिए ।

कालीकोटमा दुई हजार ४१ मत बदर भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ५५ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य