जनताले दिएको मत र विश्वासलाई सधैं सम्मान गर्छु : पृथ्वीसुब्बा गुरुङ « Khabarhub

जनताले दिएको मत र विश्वासलाई सधैं सम्मान गर्छु : पृथ्वीसुब्बा गुरुङ


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले जनताले दिएको मत र विश्वासलाई सधैं सम्मान गर्ने बताएका छन् ।

नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङले आम मतदातालाई धन्यबाद व्यक्त गर्दै जनताले दिएको विश्वासलाई टुट्न नदिने र त्यसको सधैं सम्मान गरेर अगाडि बढ्ने बताए ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङले देशमा शुसासन, विकास र समृद्धि ल्याउने पार्टी एमाले भएको भन्दै मतदाताले दिएको मतले सो कुरा पुष्टि भएको दाबी गरे।

गुरुङले प्रदेश सभाका सिट गुमाउनु परे पनि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न आफूलाई जिताएको भन्दै राष्ट्रिय स्वाधिनताको अभियानमा महत्वपूर्ण भूमिका खेल्ने आश्वासन दिएका थिए ।

लमजुङमा ५ बर्षभित्रमा एक घर एक धारा बनाउने, प्रत्येक पालिकामा निर्माणधीन अस्पताल सम्पन्न गर्ने, पालिकाको केन्द्रसम्म कालोपत्रे सडक पुर, वडा कार्यालयसम्म ग्राभेल सडक निर्माण गरी बाह्रै महिना चल्ने बनाउने कुरामा आफू लागि पर्ने बताए ।

जनताले एमालेलाई समानुपातिकतर्फ अझै बढी मत दिएको बताउँदै मुलुकको राजनीतिक स्थिरता कायम गर्ने जिम्मा एमालेको भएको बताए । कुनै पनि पार्टीको बहुमत नपुगेको अवस्थामा सकारात्मक शक्तिसंग सहकार्य गरेर अघि बढ्ने नेता गुरुङको भनाइ थियो ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङलाई पराजित गरेका हुन् ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ०१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।