कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छ : बालेन « Khabarhub

कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छ : बालेन


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधिहरु पनि उत्तिकै हुनुपर्ने महसुस गरेको बताएका छन् । आजदेखि काठमाडौँस्थित मण्डला थियटरमा सुरू भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को दोस्रो संस्करणको उद्घाटन समारोहमा शुभकामना दिँदै मेयर साहले महानगरले खेलकुद र कला हेर्ने छुट्टाछुट्टै विभाग बनाएर काम गर्ने सोच रहेको जानकारी दिए ।

“फिल्म र रङ्गमञ्चसँग जोडिएका फेस्टिभलहरू बजेटमा छैनन् । आउँदो वर्षदेखि रातो किताबमा नै ल्याएर सघाउने तयारीमा छौँ । त्यो हुँदा अझै खुलेर यस्ता महोत्सव गर्न सकिन्छ र त्यसको प्रभाव पनि त्यही अनुरुप हुनेछ भन्ने लाग्छ”, मेयर शाहले भने, “छुट्टाछुट्टै विभाग नहुँदा हामीले सहयोग गर्न सकिरहेका छैनौँ । कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने हुँदा हामी यसप्रति सजग छौँ ।”

‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च ः विविधिताको उत्सव’ भन्ने नाराका साथ सुरू भएको महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन्। नौ दिनसम्म थापागाउँ काठमाडौँस्थित मण्डला थिएटरमा चल्ने महोत्सवमा सहभागिता जनाउन भारतबाट अभिनेत्री शबाना आजमी नेपाल आएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ०७ बजे

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम

किसानका समस्या समाधान गर्नुपर्छ : संयोजक प्रचण्ड

ललितपुर- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ। बैठकमा