गण्डकी प्रदेशका हेभिवेटः को-को भए निर्वाचित ? « Khabarhub

गण्डकी प्रदेशका हेभिवेटः को-को भए निर्वाचित ?


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

पोखरा-गण्डकी प्रदेशबाट यसपालि राष्ट्रिय राजनीतिमै प्रभाव छेड्न सक्ने ‘हेभिवेट’ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसम्म निर्वाचित भए । प्रचण्ड गोरखाबाट निर्वाचित हुँदा केसी बागलुङबाट सांसदमा निर्वाचित भए । लमजुङबाट एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बाजी मारे । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन् भने नवलपुरबाट कांग्रेस नेता डा। सशांक कोइरालाले लगातार चौंथो पटक निर्वाचन जिते । बागलुङबाट शिक्षामन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेल विजयी भएका छन् ।

प्रचण्ड पहिलो पटक गण्डकीबाट चुनाव जितेका हुन् । गोरखा २ बाट चुनाव लडेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार भन्दा बढी मत अन्तरले हराए । रामचन्द्र पौडेलले तनहुँ १ बाट एमालेका एकबहादुर रानालाई ६ हजार मतान्तरले हराए ।

गण्डकीका संस्थापक मुख्यमन्त्री समेत रहेका एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङ लमजुङबाट चुनाव जितेका छन् । उनले माओवादी केन्द्रका महासचिव देव गुरुङलाइ ३ हजार २ सय भन्दा बढी मत अन्तरले पराजीत गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ १ मा एमालेका सूर्य पाठकलाई २ हजार ६ सय २६ मतान्तरले हराउँदै संसद यात्रा तय गरेका छन् ।

नवलपुर क्षेत्र १ बाट कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले जीत दोहो¥याए । उनले एमालेका कृष्ण पौडललाई करिव २ हजार मत बढी ल्याएर हराएका हुन् । बागलुङ २ बाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमाले उम्मेद्वार मन्जु शर्मालाई ३ हजार बढी मतान्तरले पराजीत गरे ।

गण्डकीबाट प्रतिनिधिसभाका लागि १८ क्षेत्रमध्ये हालसम्म १७ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भैसकेको छ । हालसम्म नेपाली कांग्रेसले ९ सीटमा चुनाव जितेको छ भने एमालेले ५ सीटमा जित निकाल्यो । २ सीटमा माओवादी र १ सीटमा जनमोर्चा विजयी भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : १२ बजे

सातजना जुवाडे पक्राउ

ललितपुर– गोदावरी नगरपालिका-१ दमाईटार बस्ने बिदुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही

प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित

किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

गण्डकी– पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा

कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा) समूहले मंगलबारदेखि

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

खलङ्गा– ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना