विश्वकप फुटबल : कतारविरुद्ध सेनेगल ३–१ ले विजयी « Khabarhub

विश्वकप फुटबल : कतारविरुद्ध सेनेगल ३–१ ले विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले पहिलो जित दर्ता गरेको छ ।

अल थुमामा स्टेडियममा शुक्रबार भएको खेलमा सेनगलले कतारलाई ३–१ गोल अन्तरले हराउँदै जित दर्ता गरेको हो । सेनेगललाई जित दिलाउन बोउलाए डिया, फामरा डाइधिऔ, बाम्बा डिङले गोल गरे ।

खेलको ४१ औं मिनेटमा डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै खेललाई २–० को अवस्थामा पुराएका थिए । त्यसपछि ७८ औं मिनेटमा कतारको तर्फबाट मुहमद मुन्तारीले गोल फर्काए । त्यसपछि खेलको ८४ औं मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए ।

जितसँगै सेनेगलले ३ अंक जोडेको छ । सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समूह ‘ए’को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।कतारको यो लगातार दोस्रो हार हो ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ५४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित