लोसपा अध्यक्ष ठाकुरको संसदीय यात्रा « Khabarhub

लोसपा अध्यक्ष ठाकुरको संसदीय यात्रा


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तराई–मधेसलाई केन्द्रमा राखेर राजनीति गरिरहेका सम्भावना बोकेका शीर्षनेताहरूमध्येका महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्षसमेत रहेका ठाकुर रौतहट क्षेत्र नं ३ बाट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनकाअनुसार लोसपाका अध्यक्ष ठाकुरले १६ हजार तीन सय ७५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले १४ हजार तीन सय २५ मत प्राप्त गरे ।

महोत्तरी पिपरा गाउँपालिका एकरहियामा विसं १९९९ जेठ १३ गते जन्मनुभएका ठाकुर संसदीय राजनीतिको अनुभवी राजनीतिज्ञका रुपमा परिचित छन्। अघिल्लो पटकको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यसमते रहेका उनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका छन् ।

विसं २०१६ मा नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय ठाकुर तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय हुँदै केन्द्रीय कार्यसमितिसम्म पुगे । तराई मधेस आन्दोलनपछि कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीको स्थापना गरे । विसं २०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन गरेका उनी हाल लोसपाको अध्यक्ष छन् ।

विसं २०४८ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका ठाकुर मध्यावधि निर्वाचनमा सर्लाहीबाट निर्वाचित भएका थिए । विसं २०६४ संविधानसभा सदस्य मनोनीत सदस्य भई ठाकुरले संविधान निर्माणमा भूमिका निर्वाह गरेका थिए । सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचनमा २०७४ मा महोत्तरी ३ बाट निर्वाचित भएका थिए। उनले संसद्को अर्थसमितिको सदस्य भएर काम गरेका थिए ।

प्रतिनिधिसभा उपसभामुखको विशेष जिम्मेवारी बहन गरेका ठाकुर अन्तरिमसरकार २०६३ मा वातावरण तथा विज्ञान प्रविधिमन्त्री बनेका थिए । राजनीतिअघि शिक्षण र वकालत पेसामा आबद्ध ठाकुर तराईका पुराना त्यागी र सादगी नेताका रुपमा परिचित छन्।

राजनीतिक आन्दोलनका क्रममा प्रहरी हिरासत, बन्दी तथा जेलजीवन निर्वासनका क्रममा पनि जेलजीवन बिताएका थिए। आफूलाई निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरका रुपमा परिचित गराउन चाहने सांसद ठाकुर विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय छन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : २१ बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन