व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन : नरेन्द्र मोदी | Khabarhub Khabarhub

व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन : नरेन्द्र मोदी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुनै पनि व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि नहुने’ बताएका छन् । लाचित बोरफुकानको ४०० औँ जन्मजयन्तीको समापन समारोहलाई आज नयाँ दिल्लीमा सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् ।

लाचित बोरफुकनको जीवनको उदाहरण दिँदै उनले बोरफुकनको जीवनले हामीलाई नातावाद र वंशवादको सट्टा ‘राष्ट्र पहिलो’ को मन्त्रमा बाँच्न प्रेरित गरेको छ ।उक्त अवसरमा प्रधानमन्त्री मोदीले ‘लाचित बोरफुकान– आसामका नायक हू हल्ट द मुगल्स’ नामक पुस्तकको पनि विमोचन गर्नुभएको थियो ।

आसामको अहोम साम्राज्यको शाही सेनाका प्रसिद्ध जनरल लाचित बोरफुकानको ४०० औं जन्मजयन्तीको सम्मानमा नोभेम्बर २५ मा आयोजित कार्यक्रममा उनले भने , “बोरफुकानले मुगलहरूलाई परास्त गर्नुभयो र औरङ्गजेबको अधीनमा मुगलहरूको बढ्दो महत्वाकांक्षालाई सफलतापूर्वक रोक्न सफल हुनुभयो ।”

भारतीय प्रधानमन्त्री मोदीले वीर लाचित जस्ता वीर पुत्रहरू दिने आसामको भूमिप्रति आफ्नो सम्मान व्यक्त गर्दै भने, “हामी वीर लाचित बोरफुकनलाई उनको ४०० औं जन्मजयन्तीमा नमन गर्दछौं । उहाँले आसामको संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : ५५ बजे

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर