‘हामीलाई जनमत चाहिएको हो सत्ता होइन’ | Khabarhub Khabarhub

‘हामीलाई जनमत चाहिएको हो सत्ता होइन’


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनताको मन जितेर आएका सांसद शपथ ग्रहण गरेर कोही सरकार गठन र कोही प्रतिपक्षमा बस्ने अन्तिम तयारीमा जुटेका छन्। कतिपय सांसदले आफ्नो मातृभाषामा शपथ गरेका छन् भने कतिपयले अतिरिक्त शपथ ग्रहणका वाक्यांश थपेको सुनिएको छ। के ती सांसदहरूले जसरी अभिव्यक्त गरेका छन् त्यसरी नै आउँदो दिनमा जनता र राष्ट्रको पक्षमा काम गर्लान् ? यसै विषयमा आधारित भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा.धवल शमशेर जबरासँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ सांसदले ’भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भनेका छन् के गरेर खाने त ?
मेहनत गरेर खाने तर भ्रष्टाचार गरेर नखाने हो। १० वर्ष नगरपालिकामा काम गर्दा मैले आफ्नो नगरपालिकालाई शून्य भ्रष्टाचारमा बनाएँ। त्यही अनुभव अब यहाँ पनि प्रयोग गर्नुछ। यो देश सदन बाट जिल्लासम्म भ्रष्टाचार मौलाएको छ। त्यसलाई एकै दिनमा अन्त्य गर्न सकिँदैन।

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भनेर काम गर्नेछु’ यो अतिरिक्त वाक्यांश के का लागि आवश्यकता थियो ?
हाम्रो लक्ष्य भनेको नै यो देशलाई सुधार्नु हो। त्यसको मूल कारण नै भ्रष्टाचार हो। परिणाम गरिबी हो र कारण भ्रष्टाचार हो। देश भ्रष्टाचारको जालोमा फसेको छ, यसलाई निमिट्यान्न पार्न हामी लागिपर्ने छौँ।

भ्रष्टाचारको समाधानले देशको अधिकांश समस्या अन्त्य हुन्छ त ?
हाम्रो आर्थिक समस्या सबै भ्रष्टाचारसँग जोडिएको छ। भ्रष्टाचारको अन्त्य गरेपछि आर्थिक अवस्था माथि जान्छ। प्रमुख व्यक्तित्वले भ्रष्टाचार गरेन भने त्यो तल बस्नेले पनि गर्दैन। सदनमा वा सरकारमा जानेले राज्य चलाउने हो र सदनमा बस्नेले राज्य राम्रोसँग चलाएको छ कि छैन भनेर प्रतिपक्षले खबरदारी गर्ने हो। हामी आफ्नो एजेन्डालाई सरकारमा पुर्‍याउन सदन र सडक सबैबाट उठाउँछौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने हो भने कसको नेतृत्वमा जान्छ ?
हामीलाई कसैले आग्रह गरेको छैन। त्यो भयो भने सरकामा जान हुन्छ कि हुँदैन भनेर छलफल हुन्छ। हामी हाम्रो एजेन्डालाई मान्ने हो भने सरकारमा जानै पर्दछ भन्ने छैन। हामी बाहिर बसेर पनि काम गर्न सक्छौँ। एमालेले हाम्रो एजेन्डालाई अगाडि लाने हो भने हामी बाहिर बसेर पनि आँखा चिम्लेर समर्थन गर्छौ।

यो देशको प्रधानमन्त्री को बन्ला ?
यो फोहोरी खेलमा जो बने पनि समस्या नै समस्या रहन्छ। विभिन्न बाँडफाँडका कुराहरू आएका छन्। नयाँ व्यवस्था आएपछि पनि असफलता नै भयो भनेर हामी यो व्यवस्था परिवर्तन गर्न लागेका हौँ। हामीले एउटा संविधानभित्र बस्ने राजसंस्थाको परिकल्पना गरेका छौँ। त्यसलाई यो पाली जनताले स्वीकार गरेका छन्।

देशको राष्ट्रपतिमा विदेशीको हात भन्ने कुरा बाहिर आएका छन्, तपाईँहरुले कसरी लिनुहुन्छ ?
अरूले त खेल खेलिरहन्छन् तर त्यो खेलमा फस्ने नफस्ने भन्ने त आफूमा भर पर्दछ। छिमेकीले जति नै बिगार्न खोजे पनि आफ्नो राम्रो र नराम्रो त आफैले सोच्ने हो। दोषी हामी हौँ अरूलाई दोष नलगाऊ।

अहिले देशको चाबी प्रचण्डको हातमा छ त ?
जता गयो त्यता तिर प्रधानमन्त्री बन्ने वा हुन सक्ने सम्भावनामा उहाँले देखिरहनु भएको छ। यो देशको राजनीतिमा जे पनि सम्भावना छ। प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन भन्न सकिन्न।

अहिलेको चुनाव महँगो छ भन्छन्, तपाईँका लागि ?
सोझो भएर पनि निर्वाचन जित्न गाह्रो हुने रहेछ तर असम्भव रहेनछ। सामान्य खर्चले पनि चुनाव जित्न सकिन्छ। विगतमा गरेका कामका आधारमा जनताको मन जित्न सके जनताले मत दिने हो।

सरकारमा गइहाले तपाईं कुन मन्त्रालय रोज्नुहुन्छ ?
मलाई मन्त्री हुनु छैन। सङ्घीय सांसदको तीन वटा जिम्मेवारी हुन्छन्। पहिलो, राष्ट्रप्रति बफादार भएर राष्ट्रलाई हरेक दृष्टिकोणले हेर्नुपर्छ, दोस्रो जनताको रखवाली गर्नुपर्छ, तेस्रो संसदीय कोषको संरक्षण गर्नुपर्छ। अरु कुरामा धेरै ध्यान छैन।

पहिलो कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी भयो भने जस्तै, अन्य दलहरू मिलेर गठबन्धन भएर देशको चाबी तपाईँहरूको हातमा आए के हुन्छ ?
नितान्त हिन्दु राज्यको लागि जनतम संग्रहमा जानुपर्छ भन्छु। सरकारलाई बाहिरबाट समर्थन गर्छौँ। मन्त्री पद आफै खाऊ भन्छु म त। ९० प्रतिशत जनताले हामीलाई यो हिन्दु राज्य मन परेन भनेँ भने त अर्को कुरा हो। आफूले जसरी चाहिन्छ त्यसरी नै व्याख्या हुन्छ। विश्वमा हरेक धर्मको व्याख्या हुने तर हामी हिन्दुको किन नहुने। त्यसले हाम्रो मान मर्यादा रहन्छ, अर्को धार्मिक मन मर्यादा बढ्छ।

अहिलेको सत्ता गठबन्धनले जनमत संग्रहमा जाने सम्भावना रहन्छ भनेर खेस्रा बनाएर दुई बुँदा लेख्यो भने सरकारमा जाने हो ?
सरकारमा जाने वा उहाँहरूलाई सत्ता दिने कुरा गौण हो। हामीलाई जनमन सङ्ग्रह चाहिएको छ, सत्ता चाहिएको छैन। यो मेरो व्यक्तिगत धारणा हो।

भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भनेर काम गर्ने छु भनेर शपथ ग्रहण गर्नु भयो। अब त्यसरी नै काम गरेको देख्न पाइन्छ त ?
समयले जवाफ दिनेछ। हामीले राम्रो काम गर्‍यौ भने जनताले र समयले हेर्ने छ।
(एभिन्युज टेलिभिजनसँगको सहकार्यमा पुष्पाञ्जली बस्नेतको प्रस्तुति)

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ९ : १४ बजे

संसद्मा सांसदहरूबीच धकेलाधकेल (तस्बिर)

काठमाडौं– प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेको

सुदूरपश्चिमका मुख्यमन्त्री विरुद्धको रिट खारेज

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी नियुक्तिविरुद्ध परेको रिट

संसद्‍मा तनावपछि कांग्रेसको प्रतिक्रिया : सत्तापक्षको जबरजस्ती रोक्न खोजेका हौँ

काठमाडौं–प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी

एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति गुरुङबीच भनाभन, सांसदहरूबीच धकेलाधकेल

काठमाडौं – प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा