'देउवा वा प्रचण्डले त्याग नगरे देश अस्थिरतातर्फ धकेलिन्छ' | Khabarhub Khabarhub

‘देउवा वा प्रचण्डले त्याग नगरे देश अस्थिरतातर्फ धकेलिन्छ’


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनका नेताहरूले त्यागको भावना नदेखाए देश अस्थिरताको दलदलमा फस्ने टिप्पणी गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टा मात्र बाँकी रहेपछि पूर्वप्रधानमन्त्री भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ र लचकता देखाउनुपर्ने बताएका छन्।

पहिलो प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कुरा नटुंगिएपछि भट्टराईले अर्को गठबन्धनको सरकार बन्ने र देश अस्थिरतातर्फ जाने चेतावनी दिएका हुन्।

‘वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेसम्म देशमा एउटा वा अर्को गठबन्धनको सरकार अनिवार्य बनेको छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो स्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ, लचकता र त्यागको भावना देखाउनैपर्छ। नत्र देश अस्थिरताको दलदलमा फस्नेछ! सबै जिम्मेवार बनौं।’ उनले ट्वीटरमा लेखेका छन्।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : ११ बजे

बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर

चितवन– भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरूलाई बजेट वितरण गर्ने

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

पाका कलाकारका चित्र एक साथ प्रदर्शनी

काठमाडौं– दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा

१८ लाख किसान सूचीकृत

काठमाडौं– किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन्

पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

पाल्पा– विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले पाल्पाका तीनवटा विद्यालयलाई एक–एक लाखका