नयाँ सरकार बनाउन ओली र प्रचण्डबीच वार्ता सुरु | Khabarhub Khabarhub

नयाँ सरकार बनाउन ओली र प्रचण्डबीच वार्ता सुरु


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ सरकार गठनका लागि सत्ता सहकार्य गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ ।  सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दा आइतबार बालकोटमा ओली प्रचण्डबीच वार्ता सुरु भएको हो ।

छलफलमा नेकपा ओलीसँगै एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन् ।  माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि सहभागी छन् ।

उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र  जनता समाजवादी पार्टीका नेता अशोक राई समेत सहभागी रहेको बताइएको छ ।

सरकार गठनका लागि एमालेकाे ७८ सिट, माओवादीकाे ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीकाे २० सिट र राप्रपा १४ सिट गरी १४४ सिटकाे हुन्छ । यसकारण एमालेसँग मिलेर  आजै सरकारकाे दावी गर्ने सम्भावना पनि छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : २७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका