चितुवाको आक्रमणबाट बर्दियामा एक महिला घाइते | Khabarhub Khabarhub

चितुवाको आक्रमणबाट बर्दियामा एक महिला घाइते


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बर्दिया – बर्दियाको गुलरिया नगरपालिका- ४ स्थित कृष्णसार संरक्षण क्षेत्रसँग जोडिएको सामुदायिक वनमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

घाँस काट्न गएकी ५२ वर्षीया सरला आचार्य खत्रीलाई आइतबार अपराह्न चितुवाले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार चितुवाको आक्रमणबाट उनको टाउको र गर्धनमा चोट लागेको छ ।

अहिले गुलरियास्थित जिल्ला अस्पतालमा उनको उपचार भइरहेको डीएसपी बोहोराले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ९ : २५ बजे

मादल बनाउन छालाको अभाव

स्याङ्जा- मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

रारा- नेपालको सबैभन्दा ठूलो र गहिरो रारा तालमा पर्यटक जोखिमपूर्ण

समयअघि फूल्दै लालीगुराँस, लोप हुँदै पैयुँ

काठमाडौं- समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार

अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य

काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय