सेनेगल र मोरोक्को क्वाटरफाइनलमा « Khabarhub

सेनेगल र मोरोक्को क्वाटरफाइनलमा


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नौ खेलाडीमा सीमित केप भर्डेलाई २-० ले पराजित गर्दै सेनेगल मंगलबार राति अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले १-१ गोल गरे । ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए ।

खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिकले २१औँ मिनेट र भोजिन्हाले ५७औँ मिनेटमा रातो कार्ड सामना गरेका थिए ।

अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ ।

गए राति नै भएको खेलमा विजयी हुँदै मोरोक्को अन्तिम आठमा प्रवेश गरेको छ । अर्चराफ हाकिमी र युसुफले गोल गरेपछि मोरोक्कोले मालवीलाई २-१ को नतिजाले पराजित गरेको हो ।

मालवीको लागि गबादिन्होले सान्त्वना गोल गरे । अब सेमिफाइनल प्रवेशका लागि मोरोक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : ४४ बजे

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य