राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै « Khabarhub

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दैछ ।

विभागले बुधबार दिउँसो भर्चुअल पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।

पहिलो चरणमा गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना भएको थियो ।

विभागले आज परिवार सङ्ख्या, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या कति र विदेशमा रहेकाको सङ्ख्या सार्वजनिक गर्न लागेको हो ।

केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । वि.सं. १९६८ देखि जनगणना हुँदै आएको हो । यसको बाह्रौं श्रृंखला कार्तिक २५ देखि मंसिर ९, २०७८ सम्म सञ्चालन भएको थियो।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ५५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट