राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै « Khabarhub

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दैछ ।

विभागले बुधबार दिउँसो भर्चुअल पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।

पहिलो चरणमा गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना भएको थियो ।

विभागले आज परिवार सङ्ख्या, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या कति र विदेशमा रहेकाको सङ्ख्या सार्वजनिक गर्न लागेको हो ।

केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । वि.सं. १९६८ देखि जनगणना हुँदै आएको हो । यसको बाह्रौं श्रृंखला कार्तिक २५ देखि मंसिर ९, २०७८ सम्म सञ्चालन भएको थियो।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ५५ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर