सरकारद्वारा पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द | Khabarhub Khabarhub

सरकारद्वारा पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्।

मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका हुन्।

मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताए। उनले भने, ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बसात समूहले सञ्चालन गर्दैन ।’ पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।

पशुपति विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो । उक्त आरोपपछि मन्त्री आलेले उक्त धर्मशालाको आफैँ गएर अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको सङ्ख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न कार्यालय राखेको, कोषको स्वीकृतिबिना धर्मशालामा विभिन्न संरचना निर्माण गर्नेजस्ता कार्य गरेको पाइएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : २० बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं – तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा

बाढीले क्षति पुर्‍याएको त्रिशूलीको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा – त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ – बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको

दशैंको किनमेल स्थानीय हाटबजारमा

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको